प्रदेश १ को नामाकरण प्रस्तावमाथि बैठकमा छलफल सुरु
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २१:३:५८
१७ फागुन, माेरङ । प्रदेश १ को नामकरणको विषयमा छलफल गर्न विराटनगरस्थित प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशमा नामकरणका लागि ‘कोशी’ प्रदेश र ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश राख्ने प्रस्ताव बुधबार प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।
एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशको पक्षमा मतदान गर्ने बताएका छन् । कांग्रेसले यसअघि एमालेसँग मिलेर कोशी नाम प्रस्ताव गरेपनि ‘माथि’को दबाबमा प्रस्तावक र समर्थकबाट नाम फिर्ता लिएको छ ।
प्रदेशको नाम प्रदेशसभाको दुई तिहाइ बहुमतले राख्ने संवैधानिक व्यवस्था छ । कुल ९३ सदस्यीय प्रदेशसभामा एमाले ४०, कांग्रेस २९ र माओवादी केन्द्र १३ सदस्य संख्यासहित दुई तिहाइ छ । एकीकृत ४ र जसपा १ सदस्य छन् । राप्रपासँग ६ सदस्य छन् । कोशी नाम पारित हुने पक्का देखिएको छ । प्रदेशको नामाकरण आजै टुंग्याउने भएको छ ।
नामाकरणलाई लिएर विरोध प्रदर्शन हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मुख्यमन्त्री निवास वरपर लगायत विभिन्न क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञाको समयमा विरोध, जुलुस, प्रदर्शन, भीड जम्मा हुन रोक लगाइएको छ । निषेधाज्ञा उल्ल.घन गरेमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराईद्वारा बुधबार जारी जरुरी सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार