यसपाली छैन मुगुमा खाद्यान्न संकट, गोदामहरु भरिभराउ
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २२:४८:१२
♦ खड्क सुनार
१७ फागुन, मुगु । हिमाली जिल्ला मुगुमा खाद्यान्नले गोदाम भरि भराउ भएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड कार्यालय गमगढी बजार लगायत डिपो कार्यालयहरुमा खाद्यान्नले गोदाम भरिभराउ भएका हुन ।
विगतका वर्षहरुममा प्राय शाखा कार्यालय सँगै डिपो कार्यालयमा चामलको अभाव हुने जिल्लामा यो पटक खाद्यान्नले भरि भराउ भएको कार्यालयले जनाएको छ ।
पछिल्लो समय कार्यालय र डिपो कार्यालयमा चामलको मौज्दात रहे पछि खाद्यान्न लिन आउनेको संख्या पनि वृद्धि भएको कार्यालयले जनाएको छ ।
जिल्लाका डिपो, बिक्री केन्द्रहरूमा चामल ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाले पछिल्लो समय मुगु जिल्लाको लागि ढुवानी प्रक्रियामा सक्रियता बढाए पछि अहिले मुगुमा खाद्यान्नको अभाव बाट चुकेको छ।
बिगतका वर्षहरुमा मुगु जिल्लाको लागि हेर्दा कहिले चामल प्रदेश राजधानीमै गायब, कहिले दसैंको मुखमा चामल अभाव जस्ता समाचारहरु लेख्न र सुन्न पाईने गरेको थियो । अहिले कार्यालय सँगै डिपो कार्यालयहरुमा चामलको प्रायाप्त वृद्धि भएको खाद्य ब्यवस्था तथा ब्यायपार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले बताए ।
उनका अनुसार शाखा कार्यालय गमगढीको लागि ११ हजार क्विन्टल चामल कोटा रहेको छ भने जसमा ६ हजार क्विन्टल चामल ढुवानी भई करिब ४ हजार क्विन्टल चामल बिक्रि वितरण भई सकेको र २ हजार १ सय क्विन्टल चामल मौज्दात रहेको पनि अवगत गराउनु भयो ।
अहिले प्रत्येक दिनमा चामल लिन दर्जनौ नागरिक आउने गरेको बताए । मुगुका पुलु र सोरुकोट डिपो कार्यालयमा पनि चामल मौज्दात रहेका छन् । अहिले पुलु र सोरुकोट डिपो केन्द्रमा १ सय क्विन्टल भन्दा बढि खाद्यान्न मौज्दात रहेको कार्यालय प्रमुख भामको भनाई छ ।
अहिले पुलु र सोरुकोट डिपो केन्दमा पर्याप्त मात्रामा खाद्यान्न रहेकाले स्थानीय विगतजस्तो अभाव नहुने उनले दाबी गरे । खत्याड गाउपालिकाको श्रीकोट डिपो केन्द्रमा भने चामल अहिले प्रायप्त मात्रा नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार