३ भारतीयकाे साथबाट १ करोड बराबरको हिरा र सुनका गहना बरामद
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २३:५०:२६
१७ फगुन, काठमाडाैं । हिरा, सुनका गहना र विभिन्न किसिमका पत्थरहरूसहित प्रहरीले ३ भारतीय नागरिकलाई भारतीय नम्बर प्लेटको गाडीसाथ चितवन प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । उनीहरुलाई भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङको चेकपोष्टबाट पक्राउ गरिएको हो ।
उनीहरु सवार डब्लुबी १२ एभी ५५६६ नम्बरको कारबाट सुनका विभिन्न प्रकारका ११ थान गहना, हिरा ७ थान गहना र ३६ थान विभिन्न खाले पत्थरहरू बरादम भएको प्रहरलिे जनाएको छ ।
सुन र हिराको जस्तो देखिन बरामद सामान चितवनका सुनचाँदी व्यवसायीबाट सुन र हिराका भएको एकीन भएको बुधबारको पत्रकार सम्मेलनमा डीएसपी विजयराज पण्डिले बताए । सुनका गहना ६३ तोला र हिराका गहना २२ तोलाभन्दा धेरैका रहेका छन् ।
सामान चालक बस्ने सिटको पछाडिको सिटमुनि, गियर बक्स र एयर फिल्टरभित्र लुकाएर ल्याइरहेको अवस्था फेला परेको डीएसपी पण्डितले बताए । पक्राउ परेका कारका चालक भारत उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थानाका ४२ वर्षीय विनोदप्रसाद, भारत पश्चिम बंगाल राज्यका हौंडा जिल्ला गोलाबाडी थाना सल्किया स्कुल रोड कोलकाता बस्ने ४२ वर्षका नरेश बर्मा र ५१ वर्षका गणपतकुमार तोसावरलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् ।
थप अनुसन्धानका लागि बरामद गहनासहित उनीहरुलाई बारा पथलैयामा रहेको राजस्व अनुसन्धान कार्यालय पठाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार