पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १८:४१:५६
१८ फागुन, काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए । “गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ हुन्, मानवबस्ती र सडक सञ्जालभन्दा टाढा रहेका यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुनेमा विश्वास छ”, उनले भने ।
उनका अनुसार दोर्दीको नौथरसेराबाट सुरु भइ इलम पोखरी, लिपेलेक हुँदै दास्राङबाट फेरि नौथरसेरा झर्ने चार दिने पदयात्रा गर्न सकिन्छ । साथै नौथरसेराबाट इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा आठ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलम पोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेसी शहरसम्मको ११ दिनको पदयात्रा गर्न सकिन्छ ।
अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालिगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढीलगायत हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनका लागि रू ५९ लाख खर्च गरी काम सुरु गरिसकेको छ । जसमा हालसम्म पोखरी पुनःसंरचनाका साथै पदमार्गको पहिचान, प्रचारप्रसार तथा भेडिगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको छ ।
पर्यटन व्यवसायी राजेन्द्र वस्तीले लमजुङ पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको जिल्ला भएको र त्यसमा पनि दोर्दीमा पदमार्गको राम्रो र नयाँ सम्भावना रहेको बताए । उनले उक्त पदमार्गमा एक हजार नौ सय मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पुग्न सक्ने बताए । उनले केही समयअघि टानको सहकार्यमा पदमार्गको नक्साङ्कन तथा प्रचारप्रसारको प्रयास भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार