शुक्रबार मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १९:२५:५५
१८ फागुन, काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुने कम्पनीले जानाएको छ ।
उक्त आईपीओमा कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि १४ लाख ८७ हजार ५८४ जनाले आवेदन दिएका छन् । जसअनुसार २ लाख २६ हजार ४६५ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी रहेका १२ लाख ६१ हजार ११८ जनाको हात खाली हुनेछ ।
मोलुङले फागुन ४ गतेदेखि १० गतेसम्म २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको थियो ।यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता पहिला नै निष्काशन गरिसकेको थियो ।
यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीहरुका लागि ५४ हजार ५७० कित्ता शेयर छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।
मोलुङको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । आईपीओ आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा शुक्रबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार