८ दलीय गठबन्धनसँग नाउपाको नयाँ माग, रेशम चौधरी रिहाईको पुराना सर्त यथावत
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार २३:३१:४२
१७ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले नयाँ बनेको सत्ता समिकरण ८ दलीय गठबन्धनसँग नयाँ माग अघि सारेको छ । पार्टीका संरक्षक रेशम चौधरीलाई निसर्त रिहा गर्नुपर्ने यसअघिका माग त यथावत नै छ, त्यसमा नयाँ नयाँ माग थप्दै लगिएको छ ।
यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारका लागि नाउपाको मत महत्वपूर्ण मानिएकाे छ । सोही निर्वाचनमा मत माग्न बिहीबार ८ दलको तफृबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल पनि अन्य नेताहरु झैं टिकापुर घटनामा दोषी ठहर भई कैद सजाय काटिरहेका रेशमलाई भेट डिल्लीबजार कारागार पुगेका छन् ।
पौडेलले कारागार नाउपाको सबै मत आफूलाई पर्ने विषयलाई मजबुत बनाउन आग्रह गरेका छन् । उनले रेशमसँग नाउपाको शतप्रतिशत मत आफ्नो पक्षमा खस्नेमा विश्वस्त रहेको बताएका थिए । त्यस क्रममा रेशमले पौडेलसँग केही नयाँ सहित ८ बुँदे माग सुनाए ।
रेशमले सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपाले पालैपालो सरकारको नेतृत्व पाउनुपर्ने, नाउपाको नेतृत्व नभएका बेला दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने, संसदमा दुई संसदीय समितिको सभापति हुनुपर्ने माग तेर्स्याएका छन् ।
त्यसमा थप्दै रेशमले सुदूरपश्चिम प्रदेशको नाम नै परिवर्तन गर्नुपर्नेलगायत नयाँ माग तेर्स्याए । उनले प्रदेशको नाम खस–थारु प्रदेश राख्नुपर्ने र त्यसका लागि सुदूरपश्चिममा दुईतिहाइ मत रहेको दाबी गरे । उनले सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने, कैलालीको टीकारपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने माग राखेका छन् ।
सरकारले नाउपाको साथ टुटन नदिन रेशमलाई कुनैपनि विधिबाट जेलमुक्त गर्ने योजनासाथ रेशमकी पत्नीसमेत रहेकी पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठसँग प्रतिवद्धता जनाइसकेकाे बताइरहेकम बेला नाउपाका अघाेषित नेतृत्व मानिने रेशमले यस्तो माग तेर्स्याएका हुन् । उपप्रधानमन्त्री पद लिएर पत्नीलाई केन्द्र सरकारमा पठाउने योजना रेशमकै पहिल्यैदेखिको हो । यो माग उनले राष्ट्रपतिका उम्मेदवार पौडेलसँग पनि राखेका छन् । पौडेलले रेशमसँग करिब आधा घण्टा कुराकानी गरेका थिए ।
राष्ट्रपतिका अर्का उम्मेदवार एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग पनि रञ्जिताले पनि यही राखेको बताइएको छ । नेम्वाङ रेशमलाई भेटन भने पुगिसकेका छैनन् । नाउपाले लुम्बिनी र मधेश प्रदेशमा पनि मन्त्री दाबी गरेको छ ।
बिहीबार काठमाडौंमा ८ दलबाट राष्ट्रपति निर्वाचनसम्बन्धी सांसदहरुलाई दिइएको अभिमुखीकरण कार्यक्रमपछि बाहिरिने क्रममा अध्यक्ष रञ्जिताले नयाँ गठबन्धनसँग रेशम चौधरीको रिहाई माग नै मुख्य रुपमा राखिएको र त्यसमा प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत भएको बताइन् ।
उनले संचारकर्मीहरुसँगको कुराकानीमा नाउपा अहिल्यै सरकारमा जानेबारे सोचिनसकेको र मुख्य रुपमा रेशमको रिहाई नहुँदासम्म अन्य कुरा नसोच्ने नीति रहेको उनले स्पष्ट पारिन् । रेशमसहित टिकापुर घटनामा दोषी ठहर भएका सबैलाई बिनासर्त रिहाइका लागि लिखित सम्झौता हुनुपर्ने अडानबाट रञ्जिता टसमस भएकी छैनन् ।
सांसद गंगाबहादुर चाैधरी (रेशमका बाबु)ले त रेशम रिहा नभए प्रतिनिधिसभा बैठक नै अवरूद्भ पार्ने चेतावनी दिइसकेका छन् । रञ्जिताले केही सीप नलागे अन्तिममा त्यही गर्ने बताइसकेकी छन् ।
विद्यामान संविधान जारी हुनुपूर्व २०७२ भदौ ७ मा थरुहट राज्यको माग गर्दै कैलालीको टिकापुरमा भएको झडपमा नेपाल प्रहरीका एसएपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको ज्यान जाने गरी भएके घटनामा कैलाली जिल्ला अदालतले रशेमलाई मुख्य योजनाकार ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
सोहीबमोजिम उनी जेलमा छन् । जेलमै रहेका बेला उनकै योजनामा गत वैशाख १० को स्थानी चुनावभन्दा केही समयअगाडि नाउपा गठन गरी दल दर्ता गरिएको यियो । उनी जेलमा रहेपनि उनकै योजनामा सूदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एमालेका राजेन्द्रसिंह रावललाई नाउपाका सांसदले विश्वासको मत नदिँदा सिंह महिना दिनमै पदच्युत हुन पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार