विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्ध नेपालको सानदार जित
नेपालबहस संवाददाता
फागुन २२, २०७९ मंगलबार १:१९:५७
२२, फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टिमविरुद्ध ४२ रनको जित निकालेको छ । जितसँगै लिग–२ तालिकामा नेपालले यूएईलाई उछिनेको छ । यो जितबाट ३२ खेलबाट ३२ अंक जोडेको नेपाल तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
यूएई ३२ खेलमा ३१ अंकका साथ छैटौँ स्थानमा छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध पहिलो जित हात पारेको छ । नेपालले यूएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रन बनाउँदै अलआउट भएको हो । नेपालले यसअघिका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको थियो ।
यूएईका लागि सर्वाधिक रन बनाउने आसिफ खानको विकेट दीपेन्द्रसिंह ऐरीले लिएपछि नेपाल खेलमा फर्किएको हो । ११५ बल सामना गरेका खानले २ चौका र ३ छक्काको सहयोगमा ८२ रन बनाए । ४१.२ ओभरमा खानलाई यूएईको ७औं विकेटका रूपमा ऐरीले आउट गरेका हुन् । त्यसलगत्तै ऐरीले ४१.३ ओभरमा कार्तिक मैय्यप्पनलाई यूएईको ८औं विकेटका रूपमा आउट गरे । त्यस्तै आर्यन लाक्राले ५० रन बनाए । त्यस्तैगरी वृत्य अरविन्दले १३ रन बनाए । अन्य ब्याटरले भने कमजोर प्रदर्शन गरे ।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३÷३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १÷१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । ६८ रन बनाउँदा ५ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीम सार्कीले ७० रन प्रहार गर्दै इनिङ्स सम्हालेका थिए ।
उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६÷५६ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ शेखले नटआउट ४३ रन बनाए । ५६ बल सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे । लामिछानेले २७ रन बनाए । करन केसीले ११ बल खेल्दै १७ रन बनाए । त्यस्तै नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रतीश जिसीले ११ रन बनाए ।
ओपनर आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउनुबाहेक अन्य टप अर्डर ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेलले १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए । यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा, आर्यन लाक्राले २–२ विकेट लिए ।
यूएईलाई हराएसँगै नेपाल अंकतालिकाको शीर्ष तीनमा रहने सम्भावना कायमै रहनेछ । अंकतालिकाको शीर्ष ३ मा रहे नेपालले विश्वकप क्वालिफायर खेल्न पाउनेछ । यूएईले पीएनजीसँगका दुवै खेल गुमाएपछि त्यसको फाइदा नेपाललाई पनि पुगेको छ । आइतबार भएको खेलमा यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो ।
नेपालको ३२ खेलबाट ३२ अंक भएको छ । यूएईमाथि जित हात पारेसँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ । बाँकी ४ मध्ये २ खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता कायमै
मंसिर १७, २०८१ सोमबार
लिच्छविकालीन हाँडीगाउँलाई जीवन्त सांस्कृतिक शहरका रूपमा विकास गरिँदै
मंसिर १७, २०८१ सोमबार
कोइलाखानीबाट कोइला निकाल्दै श्रमिक
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार