छुट्टाछुट्टै सवारी दुर्घटनामा बालिकासहित २ जनाकाे मृत्यु
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार १७:२९:०
२३ फागुन, लालबन्दी । मंगलबारकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । प्रहरी अनुसार सर्लाहीको बलरा नगरपालिका-२ मा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय हरेशन सहनीकी १८ महिने छोरी मायाकुमारी रहेकाे सर्लाही प्रहरीले जनाएको छ । कारले बाटोमा खेलिरहेकी बालिकालाई मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा प्रादेशिक अस्पताल मंलगवामा मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालकलाई प्रहरी चौकी छन्किटोलाले नियन्त्रणमा लिएको छ ।
यस्तै, सुनसरीमा सिटी सपफारीकाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ । सुनसरीकाे रामधुनी नगरपालिका-१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट सोमबार राति रामधुनी-५ का ५९ वर्षीय भक्तबहादुर कार्कीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो । उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे हाे । सफारी चालक टहरी_५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार