एमसीसीले धादिङ, पाल्पा र तनहुँमा सुरू गर्याे जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार १७:५९:१७
२३ फागुन, काठमाडौं । संसदबाट अनुमोदित एमसीसी सम्झौताको कार्यान्वयका लागि एमसीए नेपाललेले धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीसम्बन्धी सूचना प्रकाशन गरेको छ । यी ३ जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्न मंगलबार सूचना प्रकाशन गरेको हो ।
सूचनाअनुअसार नयाँ बुटवलदेखि नयाँ दमौली, रामघाटदेखि नयाँ दमौली र रामघाटेखि नयाँ हेटौंडासम्मको क्षेत्रमा पर्ने टावर निर्माणका लागि जग्गा प्राप्तिका लागि सूचना दिइएको छ ।
उसले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ (१) अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको जानकारी दिएको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि सोही दफाको उपदफा २ बमोजिम सूचना जारी भएको ३ दिनपछि प्राविधिक सहितको टोली खटी आउने जानकारी दिएको छ ।
यही सन्दर्भमा सोही ऐनको दफा १३ अनुसार धादिङ, पाल्पा र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको समेत जानकारी सूचनामा उल्लेख छ ।
यद्यपि, नेपालमा एमसीसी सम्झौता र एमसीएको कार्यालय संचालनकै चर्को विरोध भइरहेको छ । एमसीसी सम्झौता अमेरिकाको सैन्य रणनीतिअन्तर्गत विकासको नाममा संचालित पििरयोजना भएको औल्याउँदै एसलाई नेपालबाट हटाउनुपर्ने आवाज झनै व्यापक बन्दै गइहरेको छ । काठमाडौंको लफ्सीफेदीमा टावरका जग्गा अधिग्रहण गर्ने क्रममा चलेको विवाद अहिलेसम्म टुंगिएको छैन । त्यहाँ स्थानीयले एसीसीले विद्युत प्रसार(ा लाइन निर्माणमा दिने भनिएको सहयोग राष्ट्रको हितमा नरहेको भन्दै जग्गा दिन अस्वीकार गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार