सर्वोच्चमा प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा दर्ता, सुनुवाइ बिहीबार
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार १८:३१:८
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड विरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई लिएर सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।
यसअघि उनीहरूले गत कात्तिक १४ मा सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ (दर्ता नगर्ने निर्णय) गरेको थियो । दरपीठ भएको रिट निवेदन शुक्रबार न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । उक्त इजलासले रिट दरपीठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।
सर्वोच्चको उक्त आदेशको लिखित प्रति आइतबार सार्वजनिक भएकोमा मंगलबार रिट दर्ता भएको हो । दाहालविरुद्धको रिटको पेसी बुधबारका लागि पेसी तोकिएको छ । दाहालले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।
आरणको रिटमा द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्ति र बुढोथोकीको रिटमा अंगभंग, सम्पत्ति कब्जा र लुटपाटलाई मुद्दा बनाइएको छ । यसअघि आजै नेकपा माओवादी धारका आठ दलका नेताले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनैपनि गतिविधि भए त्यसको प्रतिवाद गर्न आफूहरू एकमत रहेको बताएका थिए ।
अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले मुद्दामा तत्कालीन जनयुद्धमा मारिएका झण्डै १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने भनी २०७६ को माघी पर्वमा काठमाडौंमा आयोजित कार्यक्रममा बोलेको भिडियो क्लिपलाई प्रमाणको रुपमा पेस गर्दै प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गरेका छन् ।
न्यायाधीश फुयाँल केपी ओली नेतृत्वको तत्कालीन सरकारको पालामा पार्टी कोटामा एमालेबाट नियुक्त भएका न्यायाधीश हुन् । मुद्दाका पक्ष आरन र बुढाथोकी कांग्रेसनिकट मानिन्छन् । मुद्दाको दर्ता नम्बर ०७९ डब्लूओ–९४७ रहेको छ । मुद्दामा सुनवाईका लागि पर्सि बिहीबारलाई पेसी तोकिदिएको छ ।
यस्ताे छ, सर्वोच्चमा दर्ता गरेको रिट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार