राप्रपा र रास्वपाले राष्ट्रपतिमा कसलाई भाेट हाल्ने भन्नेबारे घाेषणा गर्न नपाउने
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार १८:५७:५९
२३ फागुन, काठमाडौं । राप्रपा र रास्वपाले राष्ट्रपति निर्वाचनमा मतदानबारे निर्णय लिन नपाउने भएका छन् । राष्ट्रपति निर्वाचनसम्बन्धी आचारसंहिताअन्तर्गत माैन अवधिकाे समय सोमबार राति १२ बजेदेखि लागू भएका कारण कुनैपनि राजनीतिक दलले उम्मेदवारबारे मत दिन औपाचारिक निर्णय गर्न नपाउने भएका हुन् ।
राप्रपाले आज पार्टीको कार्य सम्पादन समितिको बैठक राखेर निर्णय लिँदैछ भने रास्वपाले भोलि २४ गते गते बुधबार मात्र कसलाई मत दिने भन्नेबारे टुंगो लगाउने भएको छ ।
राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । रास्वपा र राप्रपालगायत केही दल राष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा अनिर्णित छन् । राष्ट्रपतिमा कसलाई मत दिने भन्नेबारे औपचारिक रुपमा घोषणा गर्न नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीको बाँकी नै छ । स्वतन्त्र सांसदहरुमध्ये केहीले मुख खोलिसकेका छैनन् ।
आचार संहिता लागू भइसकेको अवस्थामा कुनैपनि दलले राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भन्ने विषयमा औपचारिक छलफल गरेर निर्णय गर्न नमिल्ने प्रमुख निर्वाचन आयोगले जनाएको छ । अब कुनैपनि दलले निर्वाचनबारे पक्षधरता देखाउन नमिल्ने र देखाएर दलमाथि स्पष्टिकरण सोधेर जरिवानादेखि दल खारेजीसम्मको कारबाही हुनसक्ने व्यवस्था रहेको आयोगको भनाइ छ ।
आयोगका अनुसार अब कसैको पक्षमा लाग्ने भनेर निर्णय गर्ने र प्रचारप्रसार गर्न पाउँदैनन् । राष्ट्रपतिमा फालना उम्मेदवारलाई भोट दिन्छौं भनेर औपचारिकनिर्णयसहित सार्वजनिक रुपमा आएको खण्डमा त्यस्ता दललाई कानूनी दायरामाा ल्याउने आयोगले जनाएको छ ।
भावी राष्टपतिको लागि यही फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा मतदान हुँदैछ । संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा प्रदेशसभा सदस्य गरी मतदानका लागि ८८१ जना मतदाता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार