सङ्क्रमणकालीन न्याय मेलमिलाप आयोगबाट टुङ्ग्याउने विषय हो : महासचिव गुरुङ
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २१:५०:१०
२३, फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सङ्क्रमणकालीन न्यायलाई सत्य निरुपण तथा मेललिाप आयोगबाट टुंग्याउने विषय भएको स्पष्ट पारेका छन् । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएकै दिन उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आज बिहान बालुवाटारमा माओवादीका घटकहरुबीचको छलफलपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै संक्रमणकालीन न्याय र मान्यताअनुरुपका मुद्दा मेलमिलाप आयोगमार्फत समाधान गर्ने विषय भएको बताए ।
“अहिले सङ्क्रमणकालीन न्याय सम्बन्धितको विषयमा जे जस्ता बहस उठिरहेका छन्, । यसको क्षेत्राधिकार भनेको सङ्क्रमणकालीन न्यायको मान्यता अनुसार सत्य निरुपण मेलमिलाप आयोगमार्फत नै समाधान गर्ने विषय हो । यो विषायन्तर हुने कुरा हाेइन” उनले भने ।
उनले माओवादी आन्दोलनसँग सम्बन्धित विषय दीर्घकालीन रुपमा कसरी जान सकिन्छ भन्ने विषय पनि छलफल भएको बताए । ‘अहिलेको प्रचलित कानुनले, राज्यको बृहत् शान्ति सम्झौता र प्रचलित कानुनले चाहिँ सत्य निरुपण मेलमिलाप आयोग अथवा सङ्क्रमणकालीन न्यायको सिद्धान्त र मान्यताअन्तर्गत केन्द्रित छ । यसकारण ती निकायमा छिटोभन्दा छिटो संयन्त्र परिपूर्ति गरेर त्यसमार्फत नै सबै समस्या सम्बन्धित प्रक्रियाका बाँकी समस्या छिटोभन्दा छिटो हल गरिनुपर्छ” उनले भने ।
तत्कालीन माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा मारिएका करिब १७ मध्ये ५ हजारको जिम्मा आफूले लिन सक्ने भनेर २०७६ मा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा आजै मात्र मुद्दा दर्ता भएको छ । मुद्दामा आउने बिहीबार सुनुवाइ हुने भएको छ । यसपछि माओवादी केन्द्रभित्र मात्र नभई माओवादी घटक तथा राजनीतिक वृत्तमा तरंग गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार