प्रधानमन्त्रीविरुद्धको मुद्दालाई संक्रमणकालीन न्याय प्रक्रियामा लैजानुपर्छ : प्रमुख सचेतक लेखक
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २२:४२:१८
२३ फागुन, काठटमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दालाई सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र नपर्ने बताएका छन् । मुद्दालाई क्रमणकालीन न्याय प्रक्रियामा लैजानुपर्ने बताए । साथै उनले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा अदालतबाट छिनोफानो गर्नु ठीक नहुने बताए ।
मंगलबार सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनको कार्यदलको बैठकपछि बोल्दै नेपाली कांग्रेस द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा अडिग रहेको स्पष्ट पारे । चाँडो न्याय दिने सवालमा केही कमजोरी भएको स्वीकार्दै द्वन्द्वका पीडितहरुले न्याय र परिपूरण दिलाउने विषयमा सरकारले काम गरिरहेको कुरा आफूलाई जानकारीमा रहेको बताए ।
‘संक्रमणकालीन न्यायका विषयलाई अदालतबाट फौजदारी न्यायको प्रक्रियाबाट टुंग्याउनु गलत हुन्छ,’ उनले भने, ‘यो विषयमा सर्वोच्च पनि बोलिसकेको हुँदा यसलाई संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुको विकल्प छैन ।’ द्वन्द्वका पीडितलाई सही ढंगले न्याय दिने प्रयोजनका लागि सरकारले ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’ गठन गरेर काम गरिरहेको उनको भनाइ थियो ।
अदालतमा मुद्दा नै पर्न नहुने तर्क ठीक नभएको तर मुद्दामा प्रकृतिलाई सबैले ध्यान दिनुपर्ने बताए । प्रचण्डविरुद्धको मुद्दा सामान्य फौजदारी कानुनबाट टुंगिने विषय नभएकाे प्रष्ट पार्दै मुद्दालाई संक्रमणकालीन न्याय प्रक्रियामा लैजानुपर्ने बताए । अदालतबाट टुंग्याउन खोजिए विषय झनै विकरालतर्फ जान सक्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार