हाइड्रोजन गाडी चढ्नेबारे छलफल भइरहेकाे छ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २३:४५:४४
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू हाइड्रोजन गाडी चढ्नेबारे कार्यालयमा छलफल गरेको बताएका छन् । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी चढ्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल भइरहेको र छिटै चढ्ने तयारी भइरहेको बताए ।
आफू प्रधानमन्त्री हुँदै गर्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोल गाडी छाडेर हाइड्रोजन गाडी चढ्न सुझाव दिएको बताए ।
विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ गइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ग्रिन हाइड्रोजनतर्फ देशलाई लगेर हाइड्रोजनबाट तमाम उद्योग व्यवसाय चलाउनेतिर सरकारले सोचिराखेको बताए ।
उनले विकसित देशमा विस्तारै हाइड्रोजन ऊर्जाको मात्रा गुणात्मक रुपमा बढिरहेको र नेपालमा हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेकाले ग्रिन इनर्जीलाई हाइड्रोजनमा पुर्याएर देशको समृद्धिलाई किन अगाडि बढाउन सकिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार