संघीय र प्रदेशका सांसदका मतदान केन्द्र फरक, क्रस भोटिङको सम्भावना न्यून
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार १९:३९:१
२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले बिहीबार हुँने राष्ट्रपति निर्वाचनको तयारी पुरा भएको जनाएको छ । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार (भोलि) मतदान हुँदैछ । आयोगकाअनुसार संघीय सांसद र प्रदेश सांसदका लागि अलग अलग मतदान केन्द्र बनाइएको छ । मतदान विहान १० बजेदेखि दिउँसो ३ बजेस्म्म हुनेछ ।
काठमाडौंको नयाँवानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल परिसरमा मतदान हुनेछ । मतदानका लागि दुईवटा केन्द्र तोकिएको र संघ र प्रदेशका सांसदले तोकिएको केन्द्रमा मतदान गर्नुपर्ने छ । मतदानका लागि आवश्यक परिचय पत्रबारे यसअघिनै निर्वाचन आयोगले जानकारी गराइसको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् ।
मतदाताको अन्तिम नामावलीमा नाम रहेको जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातका कारण मृत्यु भएको छ भने नेपाली कांग्रेसका चन्द्र भण्डारी भारतमा उपचार गराइरहेका छन् । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ । बिहीबर बेलुका सात बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर मतगणना सुरु गर्ने बताइएको छ ।
राष्ट्रपति निर्वाचनमा दुई उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेकातर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ उमेदवार रहेका छन् । आयोगले प्रदेश सांसद र संघीय सांसदका लागि छुट्टा छुट्टै मतपत्रको व्यवस्था गरेको छ । मतपत्रमा उमेदवारको नाम र फोटो राखिने भएको छ ।
कांग्रेसबाट प्रतिनिधि र राष्ट्रियसभा गरेर ९७ मत खस्ने भएका छन् । कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरेर ८९ सिट जितेको छ । तर, सांसद टेकबहादुर गुरुङ पनि मतदान प्रकृयामा भाग लिन पाउने छैनन् । विशेष अदालतमा भ्रष्टचार मुद्दा चलिरहेका कारण उनी सांसदको हैसियतमा भूमिका निर्वाह गर्न पाएका छैनन् । चन्द्र भण्डारीमा पनि उपस्थित हुन नसक्दा कांग्रेसका ८७ जना प्रतिनिधिसभा सदस्यले मात्र मतदान प्रक्रियामा भाग लिने भएका छन् ।
कांग्रेसको प्रदेशतर्फ १७५ सांसद छन् । यस्तै, जनता समाजवादी पार्टीबाट पनि एक मत कम खस्ने भएको छ । पार्टीबाट समानुपातिक सांसद बनेकी सहनाज रहमानको निधन भएपछि उनी स्थान रिक्त रहेको हो । उनको स्थानमा पार्टीले अर्को सांसद पठाएको छैन । उनीबाहेक जसपासँग १४ जना संघीय सांसद छन् । जसमध्ये ११ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रियसभा सदस्य छन् । उनीहरुलाई पार्टीले मतदानका लागि निर्देशन दिइसकेको छ ।
यसैविच जनजातीको भोट पार्टी निर्देशनभन्दा बाहिर जाने आशंका गरिएको छ । तर, नेताहरुले केहि भोट पार्टीको निर्देशनभन्दा बाहिर गएपनि खास फरक नपर्ने बताएका छन् । पौडेलका पक्षमा नौ दलीय गठबन्धन छ । यसबाट केहि जनजातीका भोट एमाले उम्मेदवार सुवास नेम्वाङलाई जानसक्ने आशंका गरिएको हो । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्रपार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी खुलेका छैनन् ।
राप्रपाले मतदान गर्ने निर्णय गरेपनि उसको भोट एमालेमा जाने निश्चित छ । रास्वपाले भने सांसदहरुलाई सवतन्त्र अधिकार दिने सम्भावना देखिएको छ । यति हुँदा पनि गठबन्धनका उम्मेदवाार पौडेल भारी मतले अगाडी देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार