महिलाहरुको संघर्षका कारण परिवर्तन सम्भव : उपेन्द्र यादव
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार २२:४३:४९
२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाहरुको संघर्षका कारण परिवर्तन सम्भव भएको बताएका छन् । समाजवादी ट्रेड युनियन महासंघ, महिला समितिले आयोजना गरेको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
राजनीतिक रुपमा परिवर्तन देखिए पनि आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा विद्यमान विभेद र असमानताको अन्त्य गर्न महिलाहरु थप सशक्त र जागरुक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यक्ता रहेको अध्यक्ष यादवले बताए । कार्यक्रममा पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, सुशिला श्रेष्ठ, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, राजनीतिक समिति सदस्यहरु प्रेमनारायण थापा, राजन केसी, रेखा यादव, लिला सिटौला र केन्द्रीय सदस्यहरु प्रचण्ड पौडेल, अम्बिका काफ्ले, किरण कुमारी साह लगायतको उपस्थिति रहेको थियो ।
महिला समितिका अध्यक्ष सोनाम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कल्पना राईले गरेकी थिइन भने स्वागत मन्तव्य विमला घिमिरेले दिएकी थिइन । महासंघको सभा हलमा सम्पन्न कार्यक्रममा आयोजकको तर्फबाट पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार