महिलालाई शिक्षा र आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ : थापा
नेपालबहस संवाददाता
फागुन २४, २०७९ बुधबार २२:४८:३४
२४ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिला सशक्तिकरणका लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नारीहरुको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै नारी दिवसका दिन मात्र महिलाको हकहित सम्बन्धि कुरा गर्दैमा उपलब्धी नहुने बताए ।
आफु स्थानिय विकास मन्त्री भएको बखत स्थानीय तहमा महिला प्रतिनिधित्व अनिवार्य गराएको स्मरण गर्दै राज्यका हरेक प्रतिनिधीमूलक क्षेत्रमा संविधानले नै महिलाहरुको प्रतिनिधीत्व सुनिश्चित गरेकोले त्यसलाई समुचित रुपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने थापाले बताए ।
पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधीत्व गराउन आफूहरु गम्भिर रहेको बताउँदै अध्यक्ष थापाले अग्रपङ्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पुर्याउन राप्रपा नेपाल निरन्तर लागीरहेकोले वडा तहसम्म संगठन विस्तार गरी संगठन मजबुद पार्न राप्रमसं नेपालका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संगठनका उपाध्यक्ष संगीता लाखाजु, काठमाडौं जिल्ला अध्यक्ष मिरा कार्की महर्जन लगायतले आ-आफ्नो विचार राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार