पपुवा न्यूगिनीविरुद्ध आशिफको पहिलो एकदिवसीय शतक
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार १८:१३:११
२५ फागुन, काठमाडौं । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् ।
उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा एक रन लिँदै शतक पूरा गरेका छन् । आशिफ एक सय १० बलमा एक सय १० रन बनाउँदै आउट भएका छन् । उनले दुई छक्का र १२ चौका प्रहार गरे ।
उनले कुल ३२ खेलमा एक हजार रन पूरा गरेका छन् । यसअघि एक दिवसीय खेलमा उनको उच्च स्कोर ९० रन थियो । आजको खेलमा कुशल भुर्तेलले ५६ बलमा ४५ रन बनाउँदै आउट भए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार गर्दासम्म ४० दशमलव १ ओभरमा छ विकेटको क्षतिमा दुई सय २२ रन बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
नेपाल सामु मलेसियाले प्रस्तुत गर्यो ४६ रनको लक्ष्य
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार