टीआरसी विधेयक संघीय सचिवालयमा दर्ता
नेपालबहस संवाददाता
फागुन २५, २०७९ बिहिबार २२:८:२
२५ फागुन, काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया सम्पन्न गर्नका लागि नयाँ विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आजै विधेयक दर्ता गराउने निर्णयबमोजिम विधेयक दर्ता गरिएको हो । द्वन्द्वकालीन मुद्दा नियमित अदालतमा दर्ता हुन थालेपछि सरकारले ‘फाष्ट ट्रयाक’बाट विधेयक सचिवालयमा दर्ता गराएको हो ।
दर्ता गरिएको विधेयकमा यसअघि ल्याएकोभन्दा आंशिक रुपमा परिर्वतन गरिएको छ । विधेयकलाई ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ दिइएको छ ।
विधेयकमा मानव अधिकारा उल्लंघनका घटनालाई विधेयकको दफा २ को उपदफा ४ र ५ मा क्रमप् ‘मानव अधिकारको उल्लंघन’ र ‘मानव अधिकारको गम्भीर उल्लंघन’ दुई शीर्षक राखिएको छ । विशेष अदालतबाट भएको फैसलालाई पुनरावेदन गर्न सकिने नयाँ व्यवस्था विधेयकमा गरिएको छ ।
विधयेकमा द्वन्द्वका पीडक र पीडितले आयोग समक्ष मेलमिलापका लागि निवेदन दिएमा पीडितको स्वतन्त्र सहमतिमा मानअिधकारको गम्भीर उल्लंघनबाहेकका घटनामा पडिक र पीडितबीच एक आपासमा मेलमिलाप गर्न सक्ने व्यवस्था राखिएको छ ।
आयोगको कार्यकाल विधयेक लागू भएको मितिदेखि २ वर्षको हुने व्यवस्था राखिएको छ ।
विधेयकको दफा २९ ‘ङ’मा पुनरावेदन गर्न सक्ने व्यवस्था राखिएको छ । विशेष अदालतको फैसला वा अन्तिम आदेशमा चित्त नबुझे पक्षले त्यस्तो फैसला वा अन्तिम आदेश भएको मितिले ३५ दिनभित्र सर्वोच्चमा पुनरावेदन गर्न सक्ने बाटाे खुला राखेकाे छ ।
त्यसलाई हेर्ने गरी सर्वोच्चमा प्रधाननन्यायाधीशले न्याय परिषद्को परामर्शमा सर्वोच्च अदालतको ३ न्यायाधीश रहेको एक संक्रमणकालीन न्यायसम्बन्धी विशेष इजलास गठन गर्ने व्यवस्था पनि गरिएको छ ।
साथै, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएपनि उपदफा १ बमोजिम परेको पुनरावेदन सुन्ने प्रयोजनको लागि प्रधाननन्यायाधीशले न्याय परिषद्को परामर्शमा सर्वोच्च अदालतको तीन न्यायाधीश रहेको एक संक्रमणकालीन न्याय सम्बन्धी विशेष इजलास गठन गर्नेछ’, विधेयकमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार