प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १८:३७:६
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पटकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरी हत्या अभियोगमा फौजदारी कानूनबमोजिम अनुसन्धानको लागि अन्तरिम आदेश मागसहित मंगलबार दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ अहिले जारी छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी, द्वन्द्वपीडित चिरञ्जीविवास गिरी लगायतले रिट दायर गराएका थिए ।
उनीहरुले २०७६ को माघी पर्वमा काठमाडौंमा आयोजित एक साँस्कृतिक कार्यक्रममा प्रम प्रचण्डले २०५२ फागुन २ देखि दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा मारिएकाे भनिएका १७ हजार मानिसमध्ये ५ हजारको जिम्मा आफूले लिने भनी दिएको अभिव्यक्तिलाई आधार बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार