आधिकारिक निर्णय नहुँदा उपराष्ट्रपतिको विषयले गठबन्धनमा तनाव
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १९:३:२०
२६ फागुन, काठमाडौं । राष्ट्रपतिको उम्मेदवार बारे आठ दलीय गठबन्धनमा पहिले नै सहमति भएकाले कसैको दावी विरोध नरहेपनि उपराष्ट्रपतिको विषयले भने गठबन्धनमा तनाव उत्पन्न गराएको छ । सुरुमा आठ दलबीच सहमति भएपनि निर्वाचनको समयमा १० दलले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेका थिए । यही मतदानको अवस्थालाई आधार मानेर हेर्ने हो भने यतिबेला सत्ता पक्षमा पहिलेका आठसहित डा. बाबुराम भट्टराईको नेपाल समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मिसिएको छ ।
आठ दलीय गठबन्धनमा उपराष्ट्रपति उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई दिने मौखिक सहमति भएको पनि यसमा आधिकारिक सहमति भएको छैन् । जसपाबाट उपराष्ट्रपति आउँदा नेकपा एमालेले पनि उम्मेदवारी नदिने बताइरहेको थियो । तर, शुक्रबार आठ दलीय गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन निर्णय गरेपछि उपराष्ट्रपति पदको उम्मेदवारका विषयमा गठबन्धनभित्र तनाव देखिएको हो । पूर्व सहमति अनुसार गठबन्धनबाट जो बनेपनि एकजना मात्र उपराष्ट्रपतिको सााझा उम्मेदवार बन्न सक्छ ।
जसपाले उपराष्ट्रपतिमा उम्मेदवार उठाउने निर्णय गरेपछि आज मात्रै नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रन्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । आठ दलीय गठबन्धनले उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेको थियो । आठ दलमा नागरिक उन्मुक्ति पार्टी पनि छ । उक्त निर्णयका बाबजुद नाउपाले यस्तो निर्णय गरेको हो । उमेदवारीबारे गठबन्धनमा छलफल बाँकी रहेको कांग्रेस नेताहरुको भनाइ छ ।
जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय बिहीबार नै गरेको छ । जसपाको कार्यकारिणी समितिको बिहीबारको बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएको हो । पूर्वमन्त्री यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।
यसैबीच नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र सहमति भएपनि गठबन्धनबीच यसबारे औपचारिक निर्णय नभएको बताएका छन् । उनले अब छिटै नै गठबन्धनकाे बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने दावी गरेका छन् । उनले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएको स्वीकार गर्दै प्रधानमन्त्रीजीले त्यसको संयोजन गरेकाले आज नै गठबन्धनको बैठक बस्न सक्ने बताए ।
यता, निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले कार्यतालिका सार्वजनिक गर्दै चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने समय शनिबारका लागि तोकेको छ । सोही दिन मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र उम्मेदवारको विरोधमा उजुरी दिन मिल्ने कार्यतालिकामा उल्लेख छ । २८ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ भने चैत ३ गते मतदान गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार