कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीहरुलाई सहयोग प्रदान
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १९:५:५८
२६ फागुन, काठमाडौं । प्रसिद्ध सांगितिक समुह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा न. ३ स्थित वेथानचोक नारायण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेका छन् ।
उक्त विद्यालयका ११७ विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामानहरु प्रदान गरिएको हो । वडा अध्यक्ष कुबेर ढकालज्युको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्यान्डको तर्फबाट तबालाबादक पबित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका तर्फबाट सुरेश शाक्यले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक सिताराम लामालाई यी सामानहरु हस्तान्तरण गरिएको हो ।
कुटुम्बको स्कुल टु स्कुल कार्यक्रम अन्तर्गत यी सहयोग सामाग्रीहरु प्रदान गरिएको ब्यान्डका पबित महर्जनले बताए । त्यस्तैगरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई अध्ययन सामाग्रीहरु प्रदान गरिएको इन्टरनेसनल साउन्ड सर्भिसका सुरेश शाक्यज्युले बताए ।
यस बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक सिताराम लामाले भने,“विद्यार्थीहरुको पठनपाठन सहज बनाउनको लागि वहाँँहरुले जुन सहयोग प्रदान गर्नुभएको छ, त्यसले पक्कै पनि सम्बन्धित विद्यार्थीहरुलाई हौसला र प्रेरणा मिलेको छ । इन्टर्नेसनल साउन्ड सर्भिस र कुटुम्बको यो सहयोग प्रति हामी आभारी छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार