उपराष्ट्रपति कुन पार्टीले लिने भन्ने निर्णय हुनै बाँकी छ : उपसभापति खड्का
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १९:१५:२५
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आठ दलीय गठबन्धनभित्र उपराष्ट्रपति पद कुन दलले लिने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताएका छन् ।
उपराष्ट्रपति पदमा गठबन्धनबाट उम्मेदवार दिनेमा सहमति भएपनि कुन दललाई दिने भन्नेबारे निर्णय भइनसकेको उनले बताए । राष्ट्रपति कांग्रेसलाई दिने बेलै उपराष्ट्रपति जसपाले लिने भन्ने सहमति भएको भन्दै जसपाले भने प्रतिनिधिसभा सदस्य समेत रहेका मधेशी सामूदायका रामसहायप्रसाद यादजलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार नै गरिसकेको छ । जसपा कांग्रेस, माओवादीसहित ८ दलल आवद्ध गठबन्धनमा सामेल छ ।
आगामी चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि भोलि शनिबार उम्मेदवारी दर्ताको निर्वाचन तालिका छ । बिहीबार सम्पन्न निर्वाचनबाट राष्ट्रपतिमा गठबन्धनबाट साझा उम्मेदवार बनाइएका कांग्रेस नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भइसकेका छन् ।
यसैबीच उपराष्ट्रपतिमा सकेसम्म महिला उम्मेदवार बनाउन दलहरुसँग आग्रह गरेको छ । महिला नभए खस आर्य समुदायबाहेक उपराष्ट्रपति पदका लागि फरक लिङ्ग ।महिला वा (अन्य) वा फरक समुदाय ९दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम० को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न निर्देशन दिएको छ । आयोगको यस्तो निर्देशन जारी भएकै दिन कांग्रेसका उपसभापति खडकाको यस्तो भनाइ बाहिर आएको छ ।
शुक्रबार ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीसँग खडकाले उपराष्ट्रपति उम्मेदवार कुन दलबाट बनाउने भन्नेबारे गठबन्धनको बैठक बसेर टुंगोमा पुग्ने बताए ।
उनले एक अर्को प्रसंगमा संक्रमणकालीन न्याय सम्पादन गर्ने प्रतिवद्धताअनुसार नै संविधान जारी भएको बताउँदै संक्रमणकालीन र द्वन्द्वसँग जोडिएका सबै विषयहरु त्यही अनुरुप टुंग्याउने बताए ।
संक्रमणकालीन न्याय र परिपूरण दिने विषयमा विलम्ब भएको भन्दै न्यायका लागि प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि अहिले सुनुवाइ भइरहेको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार