उपराष्ट्रपतिमा महिलालाई उम्मेदवार बनाउनुपर्छ : माओवादी केन्द्र
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार १९:३५:१४
२६ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनबाट नयाँ राष्ट्रपति पाएको एक दिन नबित्दै दलहरुबीच उपराष्ट्रपति पदमा कसलाई र कुन पार्टीका उम्मेदवार बनाउने विषयमा फरकफरक दाबी सुरु भएको छ ।
पछिल्लो चरणमा गठित ८ दलीय गठबन्धनबाट साझा उम्मेदावर बनाइएका कांग्रेस वरिष्ठ नेता समेत रहेका खस आर्य समूदायका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएको भोसलपल्टै दलहरुबीच उपराष्ट्रपति पद कुन दलले लिने भन्नेमा दाउपेज मात्र नभई कुन लिंग वा समूदायबाट उम्मेदवार उठाउनेसम्मको बहस सुरु भएको हो ।
गठबन्धका एक घटक जसपाले राष्ट्रपति कांग्रेसलाई दिने भनी निर्णय भएकै बेला उपराष्ट्रपति जसपाले लिने सहमति भएको दाबीसाथ पार्टीका सांसद समेत रहेका मधेशी समुदायका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय बिहीबार भएको राष्ट्रपति निर्वाचनको मत गणना सुरु नहुँदै गरिसकेको थियो । उक्त हतार निर्णयले पनि उपराष्ट्रपति पदबारे गठबन्धनभित्र विवाद रहेको जनाउ दिइसकेको थियो ।
त्यसको भोलिपल्ट नै उपराष्ट्रपतिबारे नेपाली कांग्रेस र माओवादी केन्द्रको फरक धारणा आइसकेका छन् कांग्रेसले उपराष्ट्रपति पद जसपालाई दिने निर्णय गठबन्धनभित्र भइनसकेको कांग्रेस सभपाति पुर्णबहादुर खडकाले आजै मात्र सार्वजनिक रुपमा बताएका छन् । आजै गठबन्धनको बैठक बसेर त्यसबारे निर्णय लिने उनले बताएका छन् ।
यस्तै, सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले त उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउनुपर्ने बताइसकेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपति कसले लिने भनेर गठबन्धनमा रहेका दलहरुका बीचमा औपचारिक सहमति नभइसकेको स्पष्ट पारे ।
महासचिव गुरुङले जनु दलले लिएपछि उपराष्ट्रपति पदमा महिला उम्मेदवार हुनुपर्नेमा पार्टी स्पष्ट रहेको बताए । आगामी चैत ३ मा हुने भावी उपराष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । वर्तमान उपराष्ट्रपति नन्दकिशाेर पुनकाे कार्यकाल चैत ५ मा सकिँदैछ ।
यसैबीच आगामी चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि सकेसम्म महिला, नभए खस आर्यबाहके फरक लिङ्ग वा समूदायबाट महिला वा पुरुष उम्मेदवारको मात्र मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय नयाँबानेश्वरलाई आजै मात्र निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार