उपराष्ट्रपतिकाे दाबीबाट जसपा पछि नहट्ने
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २०:३३:२०
२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदमा दाबी नछाडने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार दिइछाड्ने बताए ।
उनले पार्टीका संघीय सांसद एवं संसदीय दलका नेता रहेका रामसहायप्रसाद यादवको नाम उपराष्ट्रपतिमा उम्मेदवार दर्ता गरिने बताए । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट हुनुपर्ने प्रावधानअनुसार नै राष्ट्रपति खस आर्य समूदायबाट रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भइसकेको बताउँदै उपराष्ट्रपतिमा फरक समूदाय मधेशी समुदायबाट रामसाहाय प्रसादको उम्मेदवारी दर्ता हुने अध्यक्ष यादवले बताए ।
निर्वाचन आयोगको विज्ञप्तिमा पनि महिला नै हुनुपर्ने उल्लेख नरहेको उनको भनाइ छ । शुक्रबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्याद्वारा जारी विज्ञप्तिमा महिला नै हुनुपर्ने विषय उल्लेख नरहेको उनले बताए । जसपा एमालेसहितको ७ दलीय गठबन्धन फुटेपछि बनेको हालका ८ दलीय गठबन्धनमा आवद्ध छ । गठबन्धनको निर्णय अनुसार नै जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने भएको उनको दाबी छ ।
तर गठन्धनबा ठूला दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडका र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले भने उपराष्ट्रपति पद कुन दलले लिने भन्नेबारे निर्णय हुन बाँकी रहेको अभिव्यक्ति आजै मात्र दिएका छन् । महासचिव गुरुङ त उपराष्ट्रपति महिला उम्मेदवार हुनुपर्ने पक्षमा देखिएका छन् ।
जसपाले उपराष्ट्रपति पदका लागि पार्टीले उम्मेदारी दिने निर्णय राष्ट्रपति निर्वाचन भएकै दिन बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर गरेको थियो । पार्टीको निर्णयबाट पछि नहट्ने अध्यक्ष यादवले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार