सिंहदरबारमा गठबन्धन कार्यदलको बैठक सुरु
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २०:४७:४०
२६ फागुन, काठमाडौं । सत्ता घटक दलहरु आवद्ध गठबन्धनको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।
शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले त्यसबारे निर्णय लिन कार्यदलका संयोजक समेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठक बोलाएका हुन् ।
गठबन्धनका एक घटक जसपाले पार्टीमा निर्णय गरेर उपराष्ट्रपतिमा दाबी गरिरहेको छ । उसले संघीय संसदको संसदीय दलका नेता रामसहाय प्रसाद यादवालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने बिहीबार नै निर्णय गरिसकेको छ । दाबीबाट पछि नहट्ने पार्टीका अध्यक्ष यादवले बताएका छन् ।
उता गठबन्धनकै घटक नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय आजै मात्र गरेको छ । सुरूमा ८ दलीय बनेकाे गठबन्धनमा पछिल्लाेपटक बाबुराम भट्टराइ नेतृत्वकाे नेपाल समाजवादी पार्टी पनि मिसिएपछि ९ दलीय बनेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार