‘संविधानमा भएको ‘वा’ शब्दले राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला नै हुनुपर्ने जनाउँदैन’
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २१:२४:५५
२६ फागुन, काठमाडौं । राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा महिला नै हुनुनपर्ने तर्क कानूनविद्हरुले गरेका छन् । संविधानविद भिमार्जुन आचार्यले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला नै हुनुपर्ने व्यवस्था संविधानमा नरहेको बताएका छन् ।
उनले संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था स्पष्ट भएको तर एकमा महिला अर्कोमा पुरुष हुनै पर्ने किटानी नगरेको बताए । संविधानमा भएको ‘वा’ भन्ने शब्दले राष्ट्रपति पुरुष निर्वाचित भए उपराष्ट्रपति महिला नै हुनुपर्ने नजनाउने उनको तर्क छ ।
वर्तमान राष्ट्रपतिमा महिला र उपराष्ट्रपतिमा पुरुष छन् । तर त्यसअघि राष्ट्रपति रामवरण यादव रहँदा उपराष्ट्रपति परमानन्द दुवै जना पुरुष झा थिए । त्यसबेला कानुनी विवाद चलेकाे थिएन ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि मनोनय दर्ताबारे जारी गरेको निर्देशनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न उल्लेख नभएपनि आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने उपराष्ट्रपति उम्मेदवार महिला नै हुनुपर्ने जिकिर गरेका छन् । मनोनयन दर्ता गर्ने समय भोलिलाई तोकिएको छ । मतदान आउँदो चैत ३ गते हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार