कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २१:५३:३४
२६ फागुन, ताप्लेजुङ । पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन् ।
खेतीसँगै किसानले अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ उत्पादन र निर्यात पनि गर्न थालेका घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्लाका उच्च भेगमा बस्ने किसानले जङ्गलबाट अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ बनाउन थालेको पाइएपछि उपयुक्त क्षेत्र छनोट गरी तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोसाईले बताए ।
घरेलु कार्यालयले केही दिनअघिदेखि पाथीभरा याङवरक गाउँपालिकाको तिरिङ्गेमा अर्गेलीबाट कागज बनाउन चाहिने कच्चा पदार्थको उत्पादनसम्बन्धी तालिम सञ्चालन गरेको छ । तालिममा पक्ताङलुङ र सिदिङ्वा गाउँपालिकाका समेत गरी १२ युवा सहभागी छन् । तिरिङ्गेको माथिल्लो भेग अर्गेली पाइने र खेती गर्न उपयुक्त क्षेत्र पनि हो ।
तिरिङ्गेका मित्रलाल पौडेलसहित अर्गेलीका लागि उपयुक्त जग्गा भएका किसानले अर्गेलीको व्यावसायिक खेती नै गरेका छन् । यता फङलिङ नगरपालिकाको फुरुम्बुका गङ्गा तामाङले समेत कागज उत्पादनसँगै कच्चा पदार्थ तयार गरी निर्यात गर्दै आएको घरेलु कार्यालयले जनाएको छ ।
व्यवसायीका अनुसार अर्गेलीको डाँठलाई पानीको बाफमा बफ्याएपछि बोक्रा खुर्किने र त्यसलाई सफा गरेर सुकाएपछि बजार लैजान तयार हुन्छ । उक्त कच्चा पदार्थ प्रतिकिलो रु २५० देखि तीन सयसम्मले बिक्री हुने गरेको कागज उद्योग सञ्चालन गरिरहेका गङ्गा तामाङले बताए ।
उच्च भेगमा बसोबास गर्ने किसानले बर्सेनि जङ्गलबाट अर्गेली सङ्कलन गरी बोक्रा निकालेर स्थानीय हातेकाजग उद्योगमा बेच्दै आएका थिए तर पछिल्लो समय अर्गेलीको बोक्रालाई फरक तरिकाले कच्चा पदार्थको रुपमा तयार गरी निर्यात गर्दा फाइदा हुने देखिएपछि यसतर्फ किसान आकर्षित हुन थालेका हुन् ।
चिसो बढी हुने उच्च भेगको पाखो जमिनमा पाइने अर्गेलीको बोक्रालाई कागज बनाउन मात्रै नभई कपडा उत्पादनमा समेत प्रयोग गर्ने गरिएको छ । यसबाट धागो निकालेर झोला, टोपी, कोटलगायतका कपडा तयार गरिन्छ । जाडोको अन्त्यतिर वसन्त ऋतुको समयमा यसको बोक्रा निकाल्ने गरिन्छ । यसको प्रयोग बढ्दै गएकाले खेती विस्तार र संरक्षणमा ध्यान दिनसमेत आवश्यक भएको सरोकारवालाले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार