प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दियाे कारण देखाउ आदेश
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २२:२८:२३
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । मंगलबार दायर भएको रिट निवेदनमा आज न्यायाधीश ईश्वप्रसाद खतिवडाको एकल इजलासमा भएको सुनुवाइपछि विपक्षी प्रधानमन्त्री प्रचण्डको नाममा कारण देखाउ आदेश जारी भएको हो ।
रिट निवेदकहरुले प्रचण्डलाई द्वन्द्वकालीन ज्यान मुद्दामा पक्राउ गरी विद्यमान फौजदारी कानूनबमोजिम अनुसन्धान गर्न रिट जारी गर्न माग गरेमा रिट जारी हुनु नपर्ने आदेश दिएको हो । तर रिटलाइ अग्राधिकार दिने निर्णय सर्वोच्चले गरेको छ ।
सुनवाइपछि ‘रिटमा माग गरेबमोजिम अन्तरिम आदेश जारी हुनु पर्नेसम्मको पर्याप्त कारण नदेखिएको’ निर्णयसहित अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ (१) बमोजिम मुद्दा छिटाे टुंग्याउने (निरूपण गर्ने) अग्राधिकार दिइएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी, द्वन्द्वपीडित चिरञ्जीविवास गिरी लगायतले प्रचण्डविरुद्ध रिट दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार