प्रमुख आयुक्तले उपराष्ट्रपतिबारे संविधानसँग बाझिने भनाई राखेपछि कार्यदलको बैठक अनिर्णित
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २२:५९:२२
२६ फागनु काठमार्डाैं । उपराष्ट्रपतिबारे निर्णय लिन बसेको गठबन्धन कार्यदलको बैठक विना निर्णय सकिएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानमा भएको व्यवस्थाविपरित उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनपर्ने अडान लिएपछि बैठकले कुनै निर्णय लिन नसकेको हो ।
नौ दलीय गठबन्धनको कार्यदल बैठक बसिरहेका बेला आयोगले जारी गरेको विज्ञपति बारेमा प्रमुख आयुक्त थपलियासँग फोनमार्फत नेपाली कांग्रेसका मुख्यसचेतक रमेश लेखकले राय लिंदा उनले राष्ट्रपतिमा पुरुष विजय भएपछि अब उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनपर्ने दावी गरेका थिए ।
उनले संविधान विपरित अडान लिएपछि बैठकले उपराष्ट्रपतिको विषय नौ दलीय गठबन्धनका शीर्ष नेताहरुले मिलाउने भन्दै बैठक सकिएको थियो । बैठकमा कांग्रेस लगायतका दलहरुले निर्वाचन आयोगका प्रमुख आयुक्तको भनाई संविधान विपरित भएका भन्दै यस्तो हुनै नसक्ने बताएपनि नेकपा माओवादीका नेताले भने आयोगको विज्ञप्ति संविधानभन्दा बाहिर नगएको बताएका थिए । बैठकपछि संञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगले संविधानको व्यवस्थाविपरीत निर्णय गरेको बताए ।
सिंहदरबारमा बसेको सत्ता साझेदार ९ दलको बैठकपछि उपसभापति खड्काले आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ संविधान अनुकूल नरहेको बताए । उनले भने, ‘नेपालको संविधानले प्रस्ट भनेको छ, फरक लिंग वा फरक समुदाय हुनुपर्छ । एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन । तर फरक लिंग वा समुदायको राष्ट्रपति, उपराष्ट्रपति हुनुपर्छ भन्ने संविधानमा जे व्यवस्था छ । त्यो व्यवस्थाविपरीत निर्वाचन आयोगले निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्तले बोल्नु भएको कुरा वर्तमान मुलुकको संविधानको व्यवस्था अनुकूल छैन ।’
निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषभन्दा फरक लिंग र खस आर्यभन्दा फरक समुदायको मात्र उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छ । आयोगले खस आर्य समुदायको पुरुष व्यक्ति रामचन्द्र पौडेल राष्ट्रपति चयन भएकाले अब यो समुदाय र लिंगभन्दा फरक व्यक्ति उपराष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने निर्णय गरेको हो । आयोगको यो भनाइलाई बैठकमा नै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले संविधान र कानुनको मर्म र भावना अनुसार नै उपराष्ट्रपति चयन हुने बताएका थिए । निर्वाचन आयोगले जारी गरेको वक्तव्य पनि संविधानभन्दा बाहिर नरहेको उनको भनाइ थियो ।
नेकपा माओवादी महिला उम्मेदवार हुनपर्छ भनि राखेको भनाइप्रति माओवादीले सहमति जनाउनुको पछाडि उसले पूर्वसभामुख ओनसरी घर्तीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन चाहेको छ । तर, उनी प्रतिनिधिसभा सदस्य छैनन् । अरु पार्टीमा विवाद ल्याएर भएपनि उपराष्ट्रपति हातपार्ने पक्षमा माओपवादी देखिएको विषय बैठकमा पनि उठेको थियो । बैठकमा जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दावी गरेको थियो । उसले नेतृ ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीबाट निर्णय नै गराएको छ । नागरिक उन्मुक्ति पार्टीले पनि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको थियो । तर, उनको उमेर नपुग्ने विषय आएपछि उनीबारे बैठकमा छलफल भएन ।
कार्यदलको बैठकमा अन्योल भएपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले त्यहीबाट नै प्रमुख निर्वाचन आयुक्त थपलियालाई फोन गरेर आयोगको धारणा के हो भन्दै सोधेका थिए । राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएकोले उपराष्ट्रपति फरक लिङ्गबाट हुनुपर्ने बहस भइरहेका बेला कांग्रेस नेता लेखकले शुक्रबार प्रमुख निर्वाचन आयुक्त थपलियालाई फोन गरेर यसबारे आयोगको धारणा बुझेका थिए । थपलियाले जवाफमा उपराष्ट्रपति फरक लिङ्गबाट हुनुपर्ने आयोगको धारणा रहेको बताएका थिए । उनले लेखकलाई महिला हुनुपर्छ भन्ने खालको भनाइ राखेपछि शीर्ष नेतासँग छलफल गर्ने भन्दै बैठक सकिएको थियो । बैठकमा जसपाका नेताहरुले रामसहायप्रसाद यादव नै आफुहरुको उम्मेदवार भएको दावी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार