माओवादी कित्तामा मिसिए सांसद प्रभु साह
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शुक्रबार २३:४:४१
२६ फागुन, काठमाडौं । गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचत सांसद प्रभु साह माओवादी कित्तामा जोडिएका छन् ।
विगतमा १० वर्षे सशस्त्र द्वन्द्वकालका नेता समेत रहेका सांसद साह मुलुकमा पछिल्लो समय द्वन्द्वकालीन घटनालाई लिएर द्वन्द्वका समयमा विद्रोही पक्ष रहेका माओवादीका नेताहरुविरुद्ध नियमित अदालतमा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता हुन थालेपछि माओवादीहरु एक ठाउँमा उभिने क्रममा कित्तामा जोडिन पुगेका हुन् ।
मुद्दा दर्ता क्रम चलेसँगै विभाजित अवस्थामा रहेका माओवादी घटक एक ठाउँमा उभिएर मुद्दाको प्रतिवाद गर्ने तहमा पुगेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) र तिनका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेकै समयमा अदालतमा मुद्दा दर्ता भएपछि उनीहरु एक ठाउँमा उभिन वातावरण बनेको हो ।
मुद्दा चलेसँगै तत्कालीन विद्रोही पक्षका नेता कार्यकर्ताहरु सुरक्षित अवस्थामा नरहेको निष्कर्षसहित विभाजति अवस्थाबाट एकीत्रित हुनुपर्ने परिस्थिति बनेको साहले बताए । द्वन्द्वकालीन मुद्दालाई नियमित अदालतबाट नभई संक्रमणकालीन न्याय प्रणालीबाट टुंगोमा पुर्याउनुपर्ने भन्दै त्यसनिम्ति आन्दोलनसमेत घोषणा गर्ने तहमा पुगेका छन् ।
स्वतन्त्र सांसद रहेका साह पछिल्ल्लो चरणमा आम जनता पार्टी (आजपा) गठन गरेर अध्यक्ष छन् । उनलाई माओवादी धारका ८ दलहरुले बैठकमा बोलाएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डसहित बालुवाटारमा बसेको संयुक्त बैठकमा आफूलाई बाेलाएकाे तर आफू उपत्यकाबाहिर रहेकाले उपत्यकाबाहिर रहेकाले सहभागी हुन नसकेको साहले बताए ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)सहित, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी, गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपालबीच साझा बैठक बस्न थालिएकाे छ ।
माओवादी छाडेर एमाले बनेका साह चुनावमा बेला पार्टीबाट टिकट नपाएपछि स्वन्त्र उठेका थिए । अहिले उनकै नेतृत्वमा पार्टी बनेकाे छ । उनले बिहीबार सम्पन्न सम्पन्न राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार