आईसीसी विश्वकप क्रिकेट लिग-२ : पपुवा न्यूगिनीसँग हार्यो यूएई
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शनिबार ०:०:२४
२६ फागुन, काठमाडां । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा यूएई पपुवा न्यूगिनी (पीएनजी)सँग हारेको छ ।
आज कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा यूएई ५६ रनले हारेको हो । यूएईको यो हार लगातार तेस्रो हो ।
पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १ सय ९० रन बनाएर अलआउट भयो । यसअघि, यूएई आफ्नै मैदानमा पीएनजीसँग दुईपटक पराजित भएको थियो ।
पीएनजीसँगको हारपछि यूएईलाई शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता जोगाउन बाँकी तीन खेल जित्नै पर्ने बाध्यता बनेको छ । यूएईले दोस्रो खेल आईतबार नेपालसँग खेल्नेछ । पीएनजी पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार