नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
फागुन २७, २०७९ शनिबार २२:२८:३८
२७ फागुन, काठमाडौं । नागरिकताविहीन सङ्घर्ष समिति नेपालले नागरिकता विधेक–२०७९ प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । समितिले आज पत्रकार सम्मेलन गरी जन्मका आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तान नागरिकताबाट बञ्चित हुनु परेको भन्दै जतिसक्दो चाँडो विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको छ ।
आमाबाबु नेपाली नागरिक भए पनि कानुन अभावका कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको समितिले जनाएको छ । समितिका अध्यक्ष इन्द्रजित साफीले नेपालको संविधान जारी भएको झण्डै आठ वर्ष हुँदासमेत नागरिकतासम्बन्धी विवाद टुङ्गोमा नपुगेको उल्लेख गर्दै नेपालमा विदेशीलाई नागरिकता पाउन सजिलो र वास्तविक नेपालीले नागरिकता पाउन समस्याको भएको गुनासो गरे ।
उनले भने, “प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित गरेको नागरिकता विधयेक पारित नगर्नु संविधानविपरीत छ ।” नागरिकता नभएकै कारण लाखौँ नेपाली उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित हुनुपरेको उनले बताए ।
समितिका सदस्य उत्तम कुमारले कुनै पनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट बञ्चित गरिने छैन भनी नेपालको संविधानमा प्रष्ट लेखिएको अवस्थामासमेत आफूहरुले दुःख झेलिरहनुपरेको गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह
माघ १०, २०८१ बिहिबार
माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार