नयाँ राष्ट्रपतिका लागि भोलीसम्ममा शीतलनिवास खाली गराइने
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १५:४३:५८
२८ फागुन, काठमाडौं । आगामी पाँच वर्षका लागि निर्वाचित नयाँ राष्ट्रपतिका लागि भोली सोमबारबाट राष्ट्रपतिको कार्यालय शीतलनिवास खाली गराइने भएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ । उनी नयाँ राष्ट्रपतिले शपथ लिएकै दिन शीतलनिवास खाली गराउने तयारीमा छन् । कार्यकाल सकिएपछि भण्डारी बुढानिलकण्ठ-२ चपलीमा रहेको निजि निवासमा जानेछिन् ।
भण्डारीले ७ वर्ष राष्ट्रपतिको जिम्मेवारीमा रहेर आजबाट विदा लिन लागेकी हुन् । उनी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् । भण्डारीको दोस्रो कार्यकाल पनि आजबाट सकिनेछ ।
नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । पौडेको भोली सोमबार शपथ लिने कार्यक्रम छ । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि निजि निवास बोहोराटारमा बस्दै आएका छन् । पौडेललाई निजि निवासमा ठाउँ अभावका कारण भेटघाटमा पनि समस्या भइरहेको छ । पौडेलले शपथ लिएपछि भण्डारीले शीतलनिवास छाड्नुपर्ने भएको हो ।
भण्डारी शीतलनिवासबाट बूढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने तयारी भएको उनको सचिवालयले जनाएको छ । उनी २९ गते निजी निवासमा सरेर शीतलनिवास खाली बनाउने तयारीमा लागेकी छन् । पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेपनि केहि कार्य बाँकी रहेको र एकै दिनमा सम्भव नहुने भएकाले भोलीसम्मको समय लिने बताइएको छ ।
अहिले पनि राष्ट्रपति विद्यादेवी भण्डारीको बुढानिलकण्ठमा रहेको निजी निवासमा मर्मत सम्भार चलिरहेको छ । उनले अगाडी देखिनै नयाँ राष्ट्रपति चुनिने भएपछि निजी निवासमा जानुपर्ने भन्दै तयारी थालेकी थिइन् । तर, मजदुर लगायतका विषयले समयमा नै उनको निवास तयार हुन सकेको थिएन् । अहिले घरमा रङ रोगनलगायत अरू काम धमाधम भइरहेको छ । फागुन २० गतेसम्म घर तयार पान भनिएपनि काम भने सकिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार