अष्टलक्ष्मी र ममताको उजुरीविरुद्ध रामसहाय यादवकाे लिखित प्रतिवाद
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १७:३९:५३
२८ फागुन, काठमाडाैं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले आफूविरुद्ध उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीको जवाफ पेस गरेका छन् ।
उपराष्ट्रपतिका लागि उनले दिएको उम्मेदवारीविरुद्ध जनमत पार्टी र एमालेले उजुरी दिएपछि उनले त्यसको भोलीपल्ट नयाँबानेश्वरस्थित कार्यालयमा आज पुगेर लिखित जवाफ पेस गरेका हु्न् । उनले ३ पुष्ठ लामो लिखित जवाफ पेस गरेका छन् । उनीविरुद्ध एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतकी उम्मेदवार ममता झाले शनिबार नै उजुरी दिएकी थिइन् ।
उनीहरुले राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने भन्दै यादवको उम्मेदवारी खारेजी रहेको जिकिर गरेका छन् । यादवले आफ्नो जवाफलाई लिखित प्रतिवादको रुपमा पेस गरेका हुन् ।
उनले संविधानले समावेशी, समानुपातिक सिद्धान्तको आधारमा राज्यका हरेक निकायमा मधेशी समूदायमा सहभागिताको हक हुने भनी किटानी व्यवस्था स्वीकार गरेको भन्दै उपराष्ट्रपतिमा महिला मात्र उम्मेदवार हुने कुरा संवैधानिक वा कानूनी व्यवस्थामा बाध्यकारी नरहेको जिकिर गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
आगामी चैत ३ मा हुन गइरहेको उपराष्ट्रपति चुनावका लागि शनिबार एमालेबाट शाक्य, जनमतबाट झा, र जसपाबाट यादव र प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गरेका थिए । राष्ट्रपतिमा भने खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । उनले सोमबार कार्यभार सम्हाल्दैछन् । संविधानमा भने राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका हुनुपर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार