उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउन सिंहदरबारमा गठबन्धनको बैठक
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १९:४४:४७
२८ फागुन, काठमाडौं । उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सिंहदरबारमा बसिरहेको छ ।
सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले कायमै रहने निर्णय गरेलगत्तै बैठक बसेको हो । जसपाबाटै उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिलाकुमारी यादव र जनमत पार्टीबाट उम्मेदवारी दिएकी ममता झाको उम्मेदवारी फिर्ता गराउनेबारे छलफल भइरहेको एक नेताले बताए ।
रामसहायको उम्मेदवारी कायमै रहने निर्णय आयोगले गरेसँगै प्रमिलाकुमारीको उम्मेदवारी गठबन्धनको बैठकमा छलफल गरेर फिर्ता लिने जसपाका नेता प्रदीप यादवले बताइसकेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । त्यसपछि आजै ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यालयले जनाएको छ । भावी उपराष्ट्रपति चयनका लागि आउँदो चैत ३ गते मतदान हुनेछ ।
उपराष्ट्रपतिमा नेकपा (एमाले)ले अष्टलक्ष्मी शाक्य उम्मेदवार बनाएको छ । शाक्य र रामसहायप्रसादबीच प्रतिस्पर्धा हुने संभावना बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार