संक्रमणकालीन न्यायको विषय अदालतसँग जी हजुर गर्ने विषय होइन : आहुती
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २०:२९:४८
२८ फागुन, काठमाडौं । वैज्ञानिक समाजवादी नेपाल कम्युपनष्ट पार्टीका महासचिव देशभक्त दुलाल ‘आहुती’ले संक्रमणकालीन न्याय सम्पादन र द्वन्द्वपीडितलाई परिपूरण दिने विषय न्यायालयसँग गुहार माग्ने र ‘जी हजूर’ गर्ने विषय नरहेको बताएका छन् ।
माओवादी धारका दलहरुको काठमाडौंमा जारी पत्रकार सम्मेलन महासचिव आहुतीले केही परिवर्तनविरोधी शक्तिको इसारामा द्वन्द्वकालीन न्यायका विषयलाई सर्वोच्चमा पुर्याएर देशलाई पुनः द्वन्द्वमा धेकेल्न प्रपञ्च सुरु भएको बताए ।
द्वन्द्वका पीडितलाई न्याय दिने विषय नै संक्रमणकालीन न्यायसम्बन्धी रहेको बताउँदै यसलाई राज्यले आमरुपमा समाधान दिनुपर्ने बताए । ‘संक्रमणकालीन न्यायले कुनै व्यक्ति र पार्टी विशेषको मात्र होइन’ उनले भने, ‘यो त राज्य र आमनागरिकको विषय हो । यसमा अदालत वा न्यायाधीशसँग गुहार माग्ने विषय नै होइन ।’ उनले माओवादी धारका सबै दल एक ठाउँमा आएर समाधान दिनेबारे पहल लिनुपर्ने उनको भनाइ छ । पत्रकार सम्मेलन जारी छ ।
द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डविरुद्धलाई पक्राउ गरी फौजदारी कानूनबमोजिम कारवाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको विषयलाई लिएर माओवादीका ९ घटकहरुले आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार