माओवादी धारमा खटपट, संयुक्त पत्रकार सम्मेलनमा ३ घटक अनुपस्थित
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २३:१३:५६
२८ फागुन, काठमाडौं । माओवादीका ९ घटकले आइतबार काठमाडौंमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा ३ घटक अनुपस्थित भएनन् । द्वन्द्वकालीन मुद्दामा अदालतले चासो दिएको भन्दै प्रतिवादमा उत्रने निर्णयसहित संयुक्त मोर्चा गठन गर्न सहमत भएको भनिरहेका बेला संयुक्त पत्रकार सम्मेलनमै अनुपस्थित रहेको विषयलाई महत्वसाथ हेरिएको छ ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितका नौ घटकमध्ये मोहन वैद्य नेतृत्वको नेकपा ९माओवादी क्रान्तिकारी०, विप्लवसँग छुट्टिएका धमेृन्द्र वास्तोला नेतृत्वको नेकपा ९बहुमत० र गोपाल किराँती नेतृत्वको नेकपा ९माओवादी० पत्रकार सम्मेलनमा सहभागी भएनन् ।
यसअघि ९ घटक बसेरै आज पत्रकार सम्मेलन गर्ने र फागुन ३० मा संयुक्त रुपमा अन्तरक्रिया गराउने सहमति गरेका थिए । सोही अनुरुपमा आयोजित पत्रकार सम्मेलनमा दलका तर्फबाट कोही सहभागी भएनन् । सम्मेलनमा संयुक्त अपिल समेत वितरण गरिएको थियो ।
अपिलमा आफूहरुले राख्न खोजेको विषय भन्दा फरक आएपछि आजको पत्रकार सम्मेलनमा उपस्थित नरहेको बहुमतका संयोजक वास्तोलाले बताए ।
अनुपस्थितिले ९ घटक एक ठाउँमा आएको केही दिनमै खट आएको ठानिएको छ । वैद्य प्रचण्ड छाडेर आफ्नै नेतृत्वमा पार्टी चलाउँदै आइरहेका छन् भने किराँती प्रचण्ड एमालेसँग पार्टी एकता गर्दादेखि नै सशस्त्र द्वन्द्वकालीन नाम जोगाउँदै आइरहेका नेता हुन् ।
अब माओवादी धारको बैठकमा उनीहरू सहभागी नहुने भएका छन् । आफ्नै तरिकाले ३ दलले कार्यक्रम र योजना बनाएर अघि बढ्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार