पपुवा न्यूगिगीविरूद्धको खेलमा नेपालले लियो छैटौं विकेट
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १७:१०:१९
२९ फागुन, काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा जारी आईसीसी विश्वकप लिग(२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)को ६ विकेट लिएको छ । साेमबार टस जितेर ब्याटिङ रोजेको नेपालले सुरुवाती चरणलाई सशक्त रुपमा प्रस्तुत गरेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले छैठौं सफलता दिलाएका छन् । व्यक्तिगत तेस्रो विकेट लिने क्रममा उनले १६ रन बनाएर खेलिरहेका पिएनजीका चार्ल्स अमिनीलाई आउट गरे ।
त्यसअघि ललितनारायण राजबंशीले पाँचौ सफलता दिलाएका हुन् । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा उनले २३ औं ओभरको पाँचौ बलमा राइली हिकुरे ४ रन जोडेरआउट भए । उसका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए ।
यस्तै सेसे बाउले १८ रन बनाए । लामिछानेकै बलमा बोल्ड हुनुअघि उनले २८ बल खेलेर ३ चौका प्रहार गरेका थिए । सोमपाल कामीले ओपनर हिरी हिरीलाई १४ रनमा आउट गराउँदा ललित राजवंशीले अर्का ओपनर किपेलिन डोरिगालाई २ रनमा बोल्ड गरे । पीएनजी ८२ रनसहित खेलिरहेकाे छ ।
आजको खेलमा नेपाली टिममा गुल्सन झाको स्थानमा करण केसीलाई टिममा समावेश गरिएको छ । नेपालले याेसहित ३ खेल खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार