पृथ्वीनारायणमा विद्यार्थीको तालाबन्दी, स्ववियू चुनावको विषय पुग्यो उच्च अदालत
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १७:२८:५४
२९ फागुन, पोखरा । उच्च अदालत पोखराको आदेशपछि गण्डकीकै सबैभन्दा ठूलो संख्यामा विद्यार्थी रहेकाे क्याम्पस पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
चुनावमा भाग लिन नयाँ विद्यार्थी संगठनमा परेको विवादका कारण ५ चैतमा हुने मतदानको लागि हालसम्म मनोनयन दर्ता हुन सकेको छैन । विवादले उग्र रुप लिन पुगेपछि निर्वाचन समितिका पदाधिकारीले काम नगर्न नसक्ने जनाउँदै क्याम्पस प्रमुखलाई शनिबार नै पत्र बुझाइसकेका छन् ।
त्यसपछि क्याम्पस प्रशासनलाई विपक्षी बनाई दायर रिटमा अदालतले २ चैतसम्म चुनावसम्बधी कुनैपनि काम अघि नबढाउनू भनी दुवै पक्षलाई छलफलका अल्पकालीन आदेश दिएपछि अहिले चुनावसम्बधी काम ठप्प छ । रिट संगठनको नाम परिवर्तन भएको भनी स्वतन्त्र विद्यार्थी समूहका तर्फबाट विप्लवी न्यौपाने समेतले २६ फागुनमा रिट दायर गरेका थिए ।
गत १९ फागुनमा संगठनको नाम स्वतन्त्र विद्यार्थी समूह राखी दर्ता गराएकोमा स्ववियु निर्वाचन समितिले मनोमानी ढंगले पृथ्वी विद्यार्थी मञ्च नाम राखेर अन्तिम नामावली प्रकाशन गरेपछि पुरानै नाम कायम गरी पाउँ भनी रिट परेको थियो । नयाँ खारेज नभएसम्मका भन्दै उनीहरुले क्याम्पसमा रहेको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।
पीएन क्याम्पसमा देशभरकै सबैभन्दा बढी झण्डै १३ हजार स्ववियू मतदाता रहेका छन् । उच्चकाे अन्तिम आदेशपछि मात्र स्ववियू चुनावबारे टुंगाे लाग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार