फरार सूचीमा रहेका नेहा चौधरीकी ससुरा रामप्रवेश पक्राउ
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १८:९:३
२९ फागुन, काठमाडौं । छोराको बिहेमा दाइजो लिएको कसुरमा महाेत्तरी औरहीकी नेहा चौधरीकी ससुरा पक्राउ परेका छन् । चौधरीकी ससुरा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ६० वर्षीय रामप्रवेश चौधरीलाई खोजीका क्रममा आइतबार प्रहरीको फन्दामा परेका हुन् ।
लामो समयदेखि फरार रहेका श्रीमान पंकजका बुवालाई लुकिछिपी बसिरहेको अवस्थामा मनरासिस्वा नगरपालिका–२ कट्टी गाउँस्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । तीन वर्षको प्रेमसम्बन्धपछि २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधाममा विवाह भएको थियो ।
विवाहको ४ महिनादेखि नै पंकल र सुसुरासहित परिवारले नेहामाथि दुरव्यवहार र ज्यादति दिन सुरु गरेका थिए । पंकजले नेहासँग दाइजोको रुपमा काठमाडौंमा घर नकिनिदिएको भन्दै बारम्बार यातना दिन थालेपछि घटना बाहिर आएको थियो ।
ससुराले पनि दाइजो ल्यउन भन्दै निरन्तर घरेलु हिंसा र दुरव्यवहार गर्न थालेपछि न्यायका लागि पंकज र ससुराविरुद्ध प्रहरीमा किटानी दिएकी थिइन् । त्योबेला देखि नै ससुरा फरार थिए ।
नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् । पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको अवस्था छ । पंकजल पेशाले चिकित्सक हुन् ।
मधेशी आयोगले समेत गएकाे कात्तिकमा नेहाको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५० किलो गाँजासहित ४ जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार