प्रमिलाकुमारीले फिर्ता लिइन् उपराष्ट्रपतिको उम्मेदवारी
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १८:२२:८
२९ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । उनले सोमबार एक प्रेस विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै पार्टीकै अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गरेकी छन् ।
८ दलीय गठबन्धनमा आवद्ध रहेको जसपाले निर्वाचन आयोगको दुविधायुक्त भनाइपछि आफूलाई उपराष्ट्रपति पद निश्चित गराउने उद्देश्यले रामसहाय र प्रमिलालाई उम्मेदवार उठाएको थियो ।
तर, पछि निर्वाचन आयोगले राष्ट्रपतिमा खसआर्यबाट पुरुष उम्मेदवार निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा फरक लिंग र समूदायबाट उम्मेदवार हुन रोक नभएको स्पष्ट पारेका कारण प्रमिलाले आफ्नो उम्मदेवारी फिर्ता लिएकी हुन् ।
उनले रामसहायलाई अग्रज नेताको रुपमा चित्रण गर्दै फागुन २७ मा भावी उपराष्ट्रपतिका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी कायम नरहेको बताएकी छन् ।
‘अब उपरान्त म उप-राष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेश सभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु’ विज्ञप्तिमा भनिएकाे छ ।
आउँदो चैत ३ मा उपराष्ट्रपति निर्वाचन हुँदैछ । उपराष्ट्रपतिमा अब जनमतकी ममता झा, एमालेकी अष्टलक्ष्मी शाक्य र रामसहाय यादवबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार