रामसहाय यादवद्वारा उपराष्ट्रपतिमा मत माग्न सुरु, दलका नेतृत्वसँग भेट्दै
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १८:५८:१४
२९ फागुन, काठमाडौं । आउँदो चैत ३ मा हुन गइरहेको उपराष्ट्रपति निर्वाचनका आठ दलीय गठबन्धनका तर्फबाट उपारष्ट्रपतिको उमेदवार बनेका जसपाका रामसहाय प्रसाद यादवले राजनीतिक दलसँग मत माग्न सुरु गरेका छन् ।
यादवले सोमबार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई भेटेर मग मागेका छन् ।
उनले सिंगो गठबन्धनको मत आउने गरी पहल लिन सहयोगका लागि यादवले आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले यादवलाई आफूहरूको पूर्ण साथ र सहयोग रहने जवाफ दिएको जसपाका सांसद प्रदीप यादवले बताए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि गठबन्धनको साथ र सहयोग रहने आश्वसन दिएका थिए । उनले आफ्ना पार्टीका साथै सिंगो गठबन्धनको मत आउने गरी पहल गर्ने आश्वासन नेपालले दिएका थिए ।
उनले आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन् । जसपाकी अर्की उम्मेदवार प्रमिलाकुमारीले उम्मेदवारी फिर्ता लिएपछि यादवलाई थप सहज भएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार