गोरखामा मिनीट्रक दुर्घटना : १ जनाको मृत्यु, ७ घाइते
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २१:१५:४७
२९ फागुन, गोरखा । सोमबार बिहान मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे गोरखा नगरपालिका-६ बिसौनीमोडमा अनियन्त्रित भएर मिनीट्रक दुर्घटनामा पर्दा १ जनाको उपचारका क्रममा मृत्यु भएको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा बसपार्कबाट आबुखैरेनी जाँदै गरेको प्र ३ ०१–००३ क ६१७० नम्बरको मिनीट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट जाँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल तथा पैदलयात्रीलाई ठक्कर दिएपछि अन्दाजी २० मिटर तल खसेको कार्यालयले जनाएको छ ।
दुर्घटनापछि घाइतेलाई उपचारको लागि जिल्ला अस्पतालमा गोरखा पठाइएकोमा एक जना पुरूषको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।
शहिदलखन गाउँपालिका–७ की ३० वर्षीया रमला रानामगर, ५९ वर्षीय लालबहादुर गुरूङ, गोरखा–१० की ४० वर्षीया साबित्री विक र ६८ वर्षीय नारायण भुजेलको गोरखामा उपचार भइरहेको जनाइएको छ ।
गम्भीर घाइते २८ वर्षीय मंगल चौधरी, दोलखाका ३२ वर्षीय विष्णु खड्का र बुद्धिबहादुर नेपालीलाई चितवनस्थित भरतपुर मेडिकल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार