प्रेम आचार्यको आत्मदाह घटनाका प्रतिवेदन बुझाइयाे
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २३:२३:५७
२९ फागुन, काठमाडौं । गएको माघ १० मा नयाँबानेश्वरस्थित संसद भवनको दक्षिण गेटअगाडि इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले आफैंलाई पेट्रोल छर्केर आगो लगाएर आत्मदाह गरेको घटनामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएकाे छ ।
समिति संयोजक मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको समितिले गृह सचिव विनोद प्रकाश सिंहलाई सोमबार प्रतिवेदन बुझाएको हो । आत्महत्या गर्न बाध्य बनाउने नीतिगत व्यवस्थामा व्यापकरुपमा सुधार्न प्रतिवेदनमा २३ बुँदे सुझाव दिइएएको छ ।
प्रेम प्रसादले उठाएको विषय र नीतिगत व्यवस्थाका कारण नागरिकलाई समस्या परेको औल्याइएको छ । व्यवसायमा गरिने उधारो कारोबारलाई हटाउन र कृषिजन्य उत्पादनमाथिको कर हटाउनुपर्ने सुझाव दिइएको छ ।
ऋण लिँदा कृषिजन्य जग्गाको मूल्यांकन कम र अन्य जग्गाको धेरै गर्ने नीतिमा व्यापक सुधार गर्नुपर्ने सुझाव समितिले दिएको । मृतकले नाम लिएका पात्रहरूविरूद्ध मुद्दा चलाउने वा नचलाउनेबारे प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र टुंगो लाग्ने गृह स्रोतले बतायो ।
आचार्यले आफूसँग सामन लिएर पैसा नदिएको भनी नाम लिएका भाटभटेनी सुपर मार्केका संचालक मिनबहादुर लगायतसँग समितिले बयान लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार