राष्ट्रपति पौडेललाई पहिलो बधाई भारतीय समकक्षीबाट
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार २३:३८:०
२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई तथा शुभकामना दिएकी छन् ।सोमबार शीतल निवासमा शपथ लिएर पदभार ग्रहण गरेकाे केही बेरपछि दक्षिणी छिमेकीको तर्फबाट पौडेललाई पहिलो बधाई आएको हो ।
‘नेपालको नयाँ राष्ट्रपतिकाके रूपमा तपाईं चुनिनु भएकोमा भारतका जनता र सरकार तथा मेरोतर्फबाट पनि बधाई’ शुभकामना सन्देशमा भनिएको छ, ‘निकट र मैत्रीपूर्ण सम्बन्ध रहेका छिमेकीका रुपमा भारत र नेपालले सौहार्दपूर्ण तथा बहुआयामिक सम्बन्ध राख्दै आएका छन् । जुन गहिरो सभ्यता, सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धका विशेषता पनि हुन् ।’
राष्ट्रपति मुर्मूले पछिल्ला केही वर्षदेखि नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति भएको पनि उल्लेख गरेकी छन् । ‘मलाई विश्वास छ, तपाईंको कुशल मार्गदर्शनमा हाम्रो व्यापक सहयोग र सम्बन्ध अझै बलियो हुनेछ। मैले हाम्रो द्विपक्षीय साझेदारीलाई बढाउन र मजबुत बनाउन तपाईंसँग मिलेर काम गर्ने अपेक्षा पनि राखेकी छु’ उनले भनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार