पृथ्वीबहादुर शाहसहित ६ जनालाई कारागार पठाइयाे
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १७:१२:५६
३० फागुन, काठमाडौं । ठगी र किर्तेसहित चारवटा मुद्दामा ‘युवा व्यवसायी’ पृथ्वीबहादुर शाहसहित उनको समूहका ६ जनालाई अदालतले मुद्दा पुर्पक्षका लागि कारागार पठाउन आदेश भएकाे छ ।
काठमाडौं जिल्ला अदालतले सोमबार शाह र उनका भाइ विजयविक्रम शाहसमेतलाई सोमबार कारागारमा पठाउन आदेश गरेको हो । जेल चलान हुनेहरूमा अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद छन्। अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २२ मा पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये ६ जनालाई अदालतको आदेश अनुसार थुनामा पठाइएको सिआईबीले जनाएको छ । शाहसँगै पक्राउ परेकी मनिका तामाङलाई अदालतले ५० हजार धरौटीमा छाडिएको छ ।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।
शाहलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले समेत साथ दिएका थिए । शाहले अमेरिकाका विभिन्न कम्पनीबाट नेपाल भित्र्याएका करोडौं रकमलाई स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले रोक्का गर्दा मन्त्री शर्माले फुकुवा गर्न लिखित निर्देशन दिएका थिए । तैपनि राष्ट्र बैंकले मानेन । छानबिन गर्न सीआईबीलाई पत्राचार गरेकाे थियाे ।
पछि सीआईबीको नेतृत्वमा रकममाथिको वैधता छानबिन गर्दा शाहले विदेशी नागरिकलाइ ठगी गरी रकम ल्याएकाे र त्यसमा उनको समूहका उल्लेखित व्यक्तिहरु दोषी नजिक देखिएका हुन् । भित्र्याइएका रकममध्ये उनीहरूले ३८ करोड ८६ लाख रुपैयाँ ल्याएर उनले खर्च गरिसकेकाे पाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार