तीन क्षेत्रको उपनिर्वाचन एकै मितिमा गराउने आयोगको तयारी
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १७:९:११
३० फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन पछि रिक्त भएका निर्वाचन क्षेत्र र चितवन क्षेत्र नम्बर २ मा एकै मितिमा चुनाव गराउने तयारी गरेको छ । चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन गराउने तयारी गरेको आयोगले बाँकी रिक्त हुने र भएका क्षेत्रमा पनि एक महिनाको समय रहेने भएकाले निर्वाचन एकै पटक गराउन सकिने बताएको छ ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगमा यसबारे आन्तरिक छलफल भइरहेको छ । चैत ३ गते उपराष्टपतिको निर्वाचन हुँदैछ । उपराष्ट्रपतिमा निर्वाचित भएको व्यक्तिको प्रतिनिधिसभामा निर्वाचित भएको पद स्वत जाने हुनेले उक्त क्षेत्रमा पनि उपनिर्वाचन गराउनुपर्ने हुन्छ । चैत ३ गते उपराष्ट्रपति चयन भएपछि रिक्त हुने निर्वाचन क्षेत्रको उपनिर्वाचन पनि एकै पटक गराउने तयारी रहेको आयोग स्रोतको भनाइ छ ।
चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद नागरिकताका कारण गएपछि उक्त क्षेत्रमा आयोगले बैशाख १० मा निर्वाचन गराउने तयारी गरेको थियो । तर, अब राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएकाहरुको क्षेत्र पनि खाली हुने भएकाले आयोगले राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेल निर्वाचित तनहुँ क्षेत्र नम्बर १ र उपराष्ट्रपति निर्वाचित हुने क्षेत्रको उपनिर्वाचन पनि एकै मितिमा गर्ने भएको हो ।
गत ४ मंसिरमा भएको निर्वाचनमा तनहुँ १ बाट कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए । तर उनी राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र खाली भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले सांसदबाट राजीनामा दिएका कारण तनहुँ १ खाली भएको हो । तनहुँमा पनि १० वैशाखमा निर्वाचन गर्ने आयोगको तयारी छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि एक महिनाभित्र निर्वाचन गराउने सकिने बताउँदै आएका छन् ।
तीन चैतमा उपराष्ट्रपतिको निर्वाचन छ । उपराष्ट्रपतिमा पनि निर्वाचित सांसद विजयी भएमा उक्त क्षेत्र खाली हुनेछ । उपराष्ट्रपतिको निर्वाचनपछि उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भए पनि नागरिकता प्रकरणमा उनको सांसद पद गएको थियो । त्यसैले आयोगले उपनिर्वाचन गर्न लागेको हो । चितवन २ को उपनिर्वाचनसँगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि खाली हुने क्षेत्रमा पनि एकैपटक उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको स्रोतको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा उपनिर्वाचनसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । उक्त दफामा भनिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।’
यत, तनहुँ १ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गर्दै तयारी रहन भनेका छन् । नेता रामचन्द्र पौडेलले फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आठ दलीय गठबन्धनको मतले पौडेल जितेपछि उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएको समयमा उनले यस्तो बताएका हुन् । यसअघि पनि तनहुँ १ मा भट्टराई उम्मेदवार प्रत्यक्षतर्फ सिफारिस भएका थियो । पौडेल नै उम्मेदवार हुने भएपछि उनले टिकट काटिएकोे थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार