गठबन्धनकै मत जोगाउन प्रधानमन्त्री प्रचण्डलाई असहज
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १८:८:३५
३० फागुन, काठमाडौं । चैत ८ मा संसदबाट विश्वासको मत लिने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मत पाउनेमा ढुक्क देखिएपनि अहिले भएका दश दलबाट सबै मत खस्नेमा भने अझै शंका देखिएको छ । उनले विश्वासको मत लिँदा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले मत नदिने निश्चित छ । राष्ट्रपतिको निर्वाचनमा एक भएर मत दिएका दश दलमा पनि अहिले एकता देखिएको छैन् ।
उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनका तर्फबाट नै तीन जनाको उम्मेदवारी दर्ता भएपछि दश दलीय गठबन्धनमा पनि केहि समस्या देखिएका छन् । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला कुमारीले रामसहाय प्रसाद यादवलाई सघाउने भन्दै उम्मेदवारी फर्ता लिएपनि जनमत पार्टीबाट उपराष्ट्रपति पदमा दिएको उम्मेदारी फिर्ता भएको छैन् । जनमत पार्टी र जसपा दुवै गठबन्धनमा आबद्ध छन् ।
गठबन्धनको बैठकमा पनि यी दुई मधेश केन्द्रित दलबीच सहमति जुट्न सकेको छैन् । चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनमा दुवै उम्मेदवारबीच प्रतिस्पर्धा भए हार्ने उम्मेदवारले विश्वासको मत लिँदा प्रचण्डलाई धोका दिनसक्ने सम्भावना देखिएको छ । उता, नागरिक उन्मुक्ति पार्टीले पनि संस्थापक अध्यक्ष रेशम चौधरीको रिहाइ लगायतका माग यथावत राखेको छ । उसका माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री प्रचण्डले खास योजना ल्याएका छैनन् । पूर्वसहमति अनुसार काम नभए यी दुई दलले विश्वासको मत नदिने सम्भावना रहने देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नरहेपनि विश्वास कायमै राखेकाले उसले विश्वासको मत दिने कुरामा प्रधानमन्त्री प्रचण्ड विश्वस्त छन् । यसमा पनि उसले सरकारमा सहभागी हुने कुरा उठाइरहेको छ । सरकारमा सहभागी हुँदा सो पार्टीले सम्मानजनक स्थान खोजेको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने भन्दै अनौपचारिक रुपमा सबै दलसँग प्रधानमन्त्रीले छलफल पनि चलाइरहेकै छन । तर, उनी विश्वासको मत लिन कति मजबुत छन भन्ने कुरा अहिलेसम्म प्रष्ट खुलेको छैन् ।
पुष १० मा बनेको तत्कालिन गठबन्धनमा रहेका दलहरुले प्रधानमन्त्री प्रचण्डको साथ छाडेपछि ८ चैतमा उनले पुनः प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा अन्य दलहरुसँग छलफल थालिसकेको र यसका लागि तयारी गरिरहेको प्रधानमन्त्रीको सचिवालयमा रहेका सदस्यले जानकारी दिएका छन् । तर, अहिले नै गठबन्धनमा उपराष्ट्रपतिका विषयामा विवाद आएकाले यसको निरुपणमा उनले ध्यान दिन आवश्यक देखिन्छ ।
चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै संसद अधिवेशन अन्त्य गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेपनि तत्काल हिउँदे अधिवेशन अन्त्य गर्न सक्ने अवस्था छैन् । किनभने उनले मन्त्रिपरिषदबाट निर्णय गराएर केही महत्वपूर्ण विधेयकहरु प्रतिनिधिसभामा लगेर पारित गराउनु पर्ने अवस्था छ । संसद अधिवेशन चैत अन्तिम साताभन्दा पर लान पनि नमिल्ने अवस्था छ । यसैले उनी विश्वासको मत लिएर मन्त्रिपरिषद विस्तार भएछि केही विधेयकलाई अगाडी बढाएर मात्र संसद अधिवेशन अन्त्य गर्ने सोचमा पुगेका छन् । नेकपा एमाले र र राष्ट्रिय प्रजातन्त्र पार्टीले २६ पुसमा प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा विश्वासको मत दिएका थिए ।
अहिले ती दलले १० पुसमा भएको सहमति विपरित राष्ट्रपति निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग गठबन्धन गरेको भन्दै प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा रहेको छ । राप्रपाले १३ फागुनमा र एमालेले १५ फागुनमा सरकारबाट बाहिरिने र प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेका थिए ।
संविधानमा भएको व्यवस्था अनुसार सरकारमा भएका दलले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्छ । त्यही व्यवस्थाको कार्यान्वयन गर्न प्रचण्डले ८ चैतमा प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेको सचिवालय सदस्यले बताएका छन् । ‘राष्ट्रपति कार्यालयमा सनाखत गरेको दलले विश्वास छैन भनेपछि अर्को पटक विश्वासको मत लिनुपर्छ, त्यही कारणले तत्कालै विश्वासको मत लिने तयारी भएको हो’, उनले भने । एमाले र राप्रपाले आफूले दिएको विश्वासको मत फिर्ता लिए पनि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने निश्चित भएकाले प्रचण्ड ढुक्क रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी नागरिकता प्रकरणमा पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि सरकारबाट बाहिरिएको थियो । तर उसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छैन । प्रचण्डले फेरि विश्वासको मत लिँदा पनि पुनः विश्वासको मत दिने संकेत रास्वपाले गरेको छ । त्यतिमात्र होइन उसले उपयुक्त मन्त्रालय पाए सरकारमा जाने संकेत पनि गरेको छ । रास्वपाका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्पर्कमा रहेका छन् । उनको पासपोर्ट दुरुपयोग सम्बन्धी अनुसन्धान जारी रहेको छ । त्यसकारण पनि लामिछाने अहिलेको सरकारप्रति नरम रहेका छन् ।
प्रतिनिधिसभाको बैठक ५ चैतका लागि सभामुख देवराज घिमिरेले आह्वान गरेका छन् भने ८ चैतमा राष्ट्रियसभाको पनि बैठक बस्दैछ । ३ चैतमा उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि ४ चैतमा गठबन्धन दलको बैठक बसेर विश्वासको मतबारे छलफल गर्ने र ७ चैतमा विश्वासको मत लिने तयारी स्रोतको दावी छ । प्रधानमन्त्री प्रचण्डका पक्षमा अहिले १० दल देखिएकाले कुनै राजनीतिक दुर्घटना नभए उनले सहजै विश्वासको मत पाउने सम्भावना पनि देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार
हिमपातपछि खुम्बु क्षेत्र सेताम्मे
पुष २३, २०८१ मंगलबार
घोडेपानीमा मङ्गलबार दिउँसो परेको हिउँ
पुष २३, २०८१ मंगलबार