नाै वर्ष जेल र अढाई करोड जरिवाना सजाय पाएका पूर्वमन्त्री न्यौपानेले भने- ‘पुनरावेदन गर्ने पैसा समेत छैन’
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १९:३:३७
३० फागुन, काठमाडौं । मन्त्री रहेका बेला भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा जेल सजाय र बिगो जरिवाना तोकिएका पूर्वमन्त्री बद्री न्यौपानले अभियोग लगाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायालयको निर्णय अन्यायपूर्ण रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी न्यौपानेले अभियोजनकर्ता आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको आरोप लगाए । अख्तियारले चलाएको मुद्दामा विशेष अदालतले पनि न्याय दिन नसकेको आरोप उनको छ ।
समाज कल्याण परिषदले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको प्रचलनलभन्दा माथि उठेर आफूले फूल बोर्डको बैठकबाट निर्णय गराई मन्त्रिपरिषद् बैठकबाट समेत अनुमति पाएको विषयमा मुद्दा चल्नु उदेश लागेको बताए ।
उनी २०६९ जेठदेखि फागुनसम्म मन्त्री छँदा फनपार्कको जग्गा कांग्रेस नेता टेकबहादुर गुरुङको कम्पनीलाई भाडा दिँदा न्यून दरमा सम्झौताको निर्णय गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेषमा मुद्दा चलाएको थियो । सो मुद्दामा न्यौपानेलाई ९ वर्ष ६ महिना कैद सजाय तथा २ करोड ४३ लाख बढी जरिवाना र त्यति नै बिगो भराउने फैसला गरेको छ ।
उनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा भृकुटीमण्डप स्थित फन पार्कको जग्गा भाडामा अनियमितता गरेको अभियाेगमा मुद्दा चलेकाे थियाे । मन्त्री समाज कल्याण परिषद्काे अध्यक्ष रहने व्यवस्था छ ।
जग्गा भाडामा लिने गुरुङलाई पनि सोही रकम जरिवाना र बिगो भराउने फैसला भएको छ । उनलाई कैदसजाय भने तोकिएको छैन । विशेषमा मुद्दा चलेदेखि नै गुरुङको सांसद पद निलम्वनमा छ ।
न्यौपानेले भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको भन्दै सुकुम्बासी अवस्थाका आफूमाथि पूर्वाग्रह साँधेको बताए । आफ्नो राजनीतिक जीवन सिध्याउने उद्देश्यबाट मुद्दा चलाइएको उनको आरोप छ ।
विशेषको फैसला अन्यायपूर्ण भएको बताउने न्यौपानेले फैसलाविरुद्ध सवोच्च अदालतमा पुनरावेदनका लागि राख्नुपर्ने धरौटी क्षमता आफूसँग नरहेको दुखेसो गरे । उनले बिगो जरिवाना तिर्न नसक्ने बताए ।
‘मुद्दा पुनवरावेदन गर्न मसँगै जग्गा छैन, बैंक ब्यालेन्स छैन’ उनले भने, ‘म न धरौटी राख्न सक्छु, न सर्वोच्च अदालतमा जाने हैसियतमा नै छु ।’ उनले अहिले भाइको घरमा बस्दै आइरहेको बताए । पत्रकार सम्मेलनमा आफ्नो कहानी बताउँदै गर्दा उनले आँसु खसाले ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार